Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भव्य स्वागत

पैयूँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भव्य स्वागत

  • PNN Times
  • सोमवार, श्रावण १८ २०८३


  • पैयूँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भव्य स्वागत

    पैयूँ, पर्वत — पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा चक्रपाणी भण्डारी सोमवारदेखि हाजिर हुनुभएको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आउनुभएका भण्डारीले गाउँपालिका कार्यालयमा पुगेर आफ्नो कार्यभार सम्हाल्नुभएको हो। यसअघि प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत जीवन गैरेको सरुवा भएपछि मन्त्रालयले भण्डारीलाई पैयूँ गाउँपालिकामा खटाएको हो।

    images

    नयाँ प्रमुख प्रशासकीय अधिकृत भण्डारीलाई गाउँपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूले भव्य स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

    पदबहाली ग्रहण गर्दै अधिकृत भण्डारीले पैयूँ गाउँपालिकाको प्रशासनिक कामकारबाहीलाई अझ चुस्त, दुरुस्त, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    IMG_4339.jpeg

    सोमवार, श्रावण १८ २०८३०६:३९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend