Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ र बिराटनगरबीचको खेल बराबरीमा सकियो

वालिङ र बिराटनगरबीचको खेल बराबरीमा सकियो

  • PNN Times
  • शुक्रवार, माघ ९ २०७७


  • वालिङ र बिराटनगरबीचको खेल बराबरीमा सकियो

    तोलाकान्त बगाले
    वालिङ, ०९ माघ । महिला राष्ट्रिय फुटबल लिगमा बिहीबार वालिङ नगरपालिका र बिराटनगर महानगरपालिकाबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा गत बुधबारबाट काठमाडौंमा शुरु भएको उक्त प्रतियोगितामा खेल सुचारु भएको दोस्रो मिनेटमै वालिङकोतर्फबाट सम्झना शर्माले एक गोल गरेर टिमलाई अग्रता दिलाउनुभएको हो ।

    खेलको दोस्रो हाफमा बिराटनगरकातर्फबाट एक गोल भएसँगै वालिङ र बिराटनगरबीचको खेल एक-एक गोलको बराबरीमा सकिएको वालिङ नगर खेलकुद विकास समितिमा संयोजक एवं एन्फा केन्द्रीय सदस्य एलबी ज्वारचनले बताउनुभयो ।

    images

    उक्त प्रतियोगितामा वालिङकी सरस्वती हमाल उत्कृष्ट खेलाडीकोरुपमा घोषित हुनुभई पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । वालिङ नगरपालिकाले शनिबार त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । एक महिनासम्म जारी रहने प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

    प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमशः १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ । त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ । यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन् ।

    हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन् । त्यस्तै, टिमले प्रतियोगिताका लागि चार विदेशी खेलाडी पनि भित्र्याउन पाउनेछन् ।  

    शुक्रवार, माघ ९ २०७७०७:४३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend