Logo

आइतवार, कार्तिक २ गते २०८३

images

नागरिक एप : प्रयोगमा समस्या

नागरिक एप : प्रयोगमा समस्या

  • PNN Times
  • मंगलवार, माघ १३ २०७७


  • नागरिक एप : प्रयोगमा  समस्या

    माघ १३, काठमाडौं । सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिँदैछन् ।

    विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिले प्रयोग गरेर हेर्नकै पनि एप डाउनलोड गरेका छन् ।

    images

    तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न थालेका छन् । एपमा सुरुमैदेखिनै प्रधानमन्त्रीको फोटोलाई धेरै प्रयोगकर्ताले रुचाएका छैनन् । धेरैले प्रधानमन्त्रीको साटो कुनै राष्ट्रिय विभूति, चिह्न वा सम्पदाको फोटो राख्न सामाजिक सञ्जालमा सुझाव दिएका छन् ।

    साइबर सुरक्षा विज्ञहरुले एपका केही सुरक्षाजन्य प्राविधिक पक्षमा सुधार गर्न सुझाव दिएका छन् । यस्तो जानकारी दिनासाथै सरकारले साइबर सुरक्षाजन्य जोखिम ‘प्याच’ गर्ने काम गरेको साइबर सुरक्षा विज्ञ नारायण कोइराला बताउँछन् । नागरिक एप तथ्यांक सुरक्षित राख्ने र नागरिकलाई अनलाइन सेवा र सूचना दिने हिसाव सुरक्षित देखिएको कोइरालाले बताए ।

    १० दिनमा एपमा साढे ११ लाख पटक साइबर आक्रमणको प्रयास भएको एक वरिष्ठ साइबर सुरक्षा अधिकारीले बताए । ‘हामीले त एप सार्वजनिक हुनुअघि नै धेरैपटक साइबर सुरक्षाका विभिन्न पक्षबाट यसको परीक्षण गरेका थियौं,’ उनले भने, ‘यो प्रणालीको सर्भरलाई सुस्त गराउने गरी र विभिन्न किसिमको प्रणालीमा अनाधिकृत पहुँच बनाउने गरी भएका साइबर आक्रमणको प्रयास ‘बाइपास’ भएको छ ।’

    साइबर सुरक्षा विज्ञका ‘र्‍यान्डम नम्बर’ राखेर पहुँच बनाउन खोज्नेहरु धेरै छन् । सर्भर डाउन गर्न रिक्वेस्ट पठाउने लगायतका प्रयास गरेर सिस्टममाथि आक्रमणको धेरै प्रयास असफल भएको अधिकारीहरु बताउँछन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेल व्यक्तिगत विवरणलाई सुरक्षित राख्ने गरी एपको सिस्टम तयार गरेको बताउँछन् ।

    अहिले बढी गुनासो सुरक्षाभन्दा एपमा देखिएका विभिन्न समस्यामा केन्दि्रत छ । एपमा दर्ता हुन र त्यसबाट सूचना पाउने कतिपयले समस्या भोगिरहेको उनले बताए । अहिले करिब १ लाख नगरिकले यो एप प्रयोग गरिहेका छन् । प्रयोगकर्ता बढेकै दरमा गुनासो बढ्दो छ । 

    #अनलाइनखबरबाट  

    मंगलवार, माघ १३ २०७७११:५७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend