Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

म्याद थप गर्न लगिएका थुनुवा अदालतबाटै हत्कडीसहित फरार

म्याद थप गर्न लगिएका थुनुवा अदालतबाटै हत्कडीसहित फरार

  • PNN Times
  • मंगलवार, फाल्गुण ११ २०७७


  • म्याद थप गर्न लगिएका थुनुवा अदालतबाटै हत्कडीसहित फरार

    मोरङ — प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेका दुई जना जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका छन् । कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका हुन् ।

    लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार शेखलाई कटहरीबाट खैरो हिरोइनसहित र चौधरीलाई बरगाछीबाट लागुऔषधसहित पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुवै जनालाई सोमबार म्याद थपका लागि जिल्ला अदालत मोरङ लगिएको थियो । दुवै जनालाई ५/५ दिनको म्याद थप गराएपछि अदालतकै क्यान्टिनमा खाजा खाने क्रममा उनीहरू फरार भएको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए 

    images

    हतकडीसहित भागेका उनीहरू भारततर्फ भागेको हुन सक्ने प्रहरीले जनाएको छ । ‘गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई प्रहरीको लापरबाहीका रूपमा लिएर अनुसन्धान थालिएको छ,’ डीएसपी राईले भने । खाजा खानुअघि उनीहरूले प्रहरीको मोबाइल मागेर फोन पनि गरेका थिए । फोनमार्फत सम्पर्कमा भएका व्यक्तिलाई बोलाएर उनीहरू प्रहरीकै ‘सेटिङ’मा भागेको हुन सक्ने पक्षबाट समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    म्याद थप गर्न लिएर जाने प्रहरीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । ‘म्याद थप गर्न थुनुवा लिएर गएका र लापरबाही गर्ने केही प्रहरीलाई नियन्त्रणमा लिएर घटनाको सोधपुछ तथा छानबिन थालेका छौं,’ उनले भने, ‘छानबिनपछि सबै कुरा बाहिर आउँछ ।’ अहिले सम्भावित सबैतिर फरार भएका दुवै जनाको खोजी भइरहेको पनि उनले जानकारी दिए

     

    मंगलवार, फाल्गुण ११ २०७७०२:१५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend