Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मस्तिष्कघातपछि कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

मस्तिष्कघातपछि कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

  • PNN Times
  • शुक्रवार, फाल्गुण १४ २०७७


  • मस्तिष्कघातपछि कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

    काठमाडौँ — कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।  नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार गरिँदैछ ।न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न छ ।

    डा. झाका अनुसार उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको हो । ‘उहाँको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको छ । त्यसलाई हामी शल्यक्रिया गरेर पनि निकाल्न सक्दैनौं । अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको छ,’ उनले भने, ‘यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुन्छ । हामी प्रयासरत छौं ।’

    images

    डा. झाका अनुसार जोशीको मस्तिष्कको जुन भागमा रगत जमेको छ, त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्न सक्छ । ‘उहाँलाई बचाउन सकिए पनि शरीरले कसरी काम गर्छ यकिनसाथ भन्न सकिन्न,’ डा.झाले भने ।

    जोशीलाई बिहीबार राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको सहयोगी पुष्कर पाण्डेले बताए ।

    सम्बन्धित समाचार

     

    शुक्रवार, फाल्गुण १४ २०७७०१:१४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend