Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जनचेतना कार्यक्रम गरी वालिङमा विश्व मृगौला दिवस मनाइयो

जनचेतना कार्यक्रम गरी वालिङमा विश्व मृगौला दिवस मनाइयो

  • निर्भीक नारायण भुर्तेल
  • बिहिवार, फाल्गुण २७ २०७७


  • जनचेतना कार्यक्रम गरी वालिङमा विश्व मृगौला दिवस मनाइयो

    फागुन २७, वालिङ । विश्व मृगौला दिवस स्याङ्जाको वालिङमा जनचेतना कार्यक्रम गरी मनाइएको छ । स्वस्थ मृगौला सबैका लागि सबै ठाउँमा भन्ने नाराका साथ रोटरी क्लब अफ वालिङले जनचेतना र्याली गरी विश्व मृगौला दिवस मनाएको हो । 

    मिर्गाैला रोग र यसबाट बच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले विश्व मृगौला दिवसमा जनचेतना र्याली गरेको रोटरी क्लब अफ वालिङका अध्यक्ष सोमु रानाले  जानकारी दिनु भयो । 

    images

    मृर्गाैला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक मिर्गाैला परीक्षण गर्नुपर्नेमा डाक्टर सौरव अर्यालले जानकारी दिनु भयो । उहाँले उच्च रक्तचाप, मधुमेह, इन्फेक्सन, पत्थरी जस्ताकारणले मृगौला फेल हुने बताउनु भयो । 

    जनचेतना कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले हामीले खाने खाद्य समाग्रीहरुको कारण पनि मृगौला रोग लाग्ने गरेको भन्दै त्यसप्रति सबै नागरिक सचेत रहन आग्रह नर्गु भयो ।

    नेपालमा करिब ३० लाख भन्दा बढीलाई मृर्गाैला सम्बन्धी समस्या रहेको अनुमान गरिएको छ ।  

    बिहिवार, फाल्गुण २७ २०७७०७:५५:०२

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend