Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कोरोना सङ्क्रमितलाई मन्त्रालयको अनुमति विना रेफर गर्न नपाइने

कोरोना सङ्क्रमितलाई मन्त्रालयको अनुमति विना रेफर गर्न नपाइने

  • PNN Times
  • शुक्रवार, श्रावण ३० २०७७



  • काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो अनुमति विना कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीहरुको रेफर नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
    मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ उपत्यकासहित कतिपय ठाउँमा सघन उपचार कक्ष (आईसीयू) तथा भेन्टिलेटरको अभाव हुन थालेको भन्दै कोरोना पुष्टि भएका बिरामीलाई जथाभाबी रेफर नगर्न निर्देशन दिएको हो । 

    सबै निजी अस्पताललाई समेत २० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन यसअघि नै निर्देशन दिएको भन्दै प्रवक्ता गौतमले कुनै सङ्क्रमितलाई अर्को अस्पतालमा लैजानै पर्ने अवस्था आएमा मन्त्रालयबाट अनुमति लिएर हव अस्पतालसँगको समन्वयमा मात्र रेफर गर्नुपर्ने बताउनुभयो ।

    images

    unn.prixa.net

    शुक्रवार, श्रावण ३० २०७७०५:४७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend