Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा एकै दिन ४१ जनामा कोरोना संक्रमण पुष्टी

स्याङ्जामा एकै दिन ४१ जनामा कोरोना संक्रमण पुष्टी

  • PNN Times
  • बिहिवार, बैशाख १६ २०७८


  • वैशाख ।  स्याङ्जामा एकै दिन ४१ जनामा कोरोना संक्रमण पुष्टी  भएको छ ।  वालिङ नगरपालिकाका ३० जना, पुतलीबजार नगरपालिकाका ४, आधीँखोला गाउँपालिकाका ४ जना, चापाकोट नगरपालिकाका २ जना र गल्याङ नगरपालिकाका १ जना गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    वालिङमा बुधवार एकैदिन ३० जना  संक्रमित भएका  वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार वालिङका संक्रमित हुने अधिकांश व्यक्तिहरु भारतबाट फर्किएका हुन् ।

    स्याङ्जामा अहिलेसम्म ९ सय १९ जनामा कोराना संक्रमण  भएको छ । जस मध्ये ८ सय २५ जना निको भइसकेकाछन् । जिल्लामा ७६ जना संक्रिय संक्रमित छन्र भने अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

    बिहिवार, बैशाख १६ २०७८०८:२७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend