Logo

शनिवार, कार्तिक १ गते २०८३

images

महाशिलामा अक्सिजन सहित ५ शैयाको कोरोना अस्पताल निर्माण

महाशिलामा अक्सिजन सहित ५ शैयाको कोरोना अस्पताल निर्माण

  • निर्भीक नारायण भुर्तेल
  • मंगलवार, बैशाख २१ २०७८


  • महाशिलामा अक्सिजन सहित ५ शैयाको कोरोना अस्पताल निर्माण

    वैशाख २१। महाशिला । पर्वतको महाशिला गाउँपालिकाले अक्सिजन सहित ५ शैयाको कोरोना अस्पताल निर्माण गरेको छ ।

    महाशिला गाउँपालिका वडा न ५ लुङ्खु देउरालीमा रहेको बहुउद्देश्यीय सभाहललाई कोरोना भाइरसका संक्रमित बिरामीको उपचारकोलागि अक्सिजन सहित ५ शैयाको  अस्थायी अस्पताल निर्माण गरेको हो ।

    images

    गाउँपालिकाले अस्पतालसंगै  १० बेडको क्वारेन्टाइन समेत निर्माण गरि  एक डाक्टर र एक जना स्टाफ  नर्स र एक जना अनमी, एक जनाअहेव र ए जना ल्याप टेक्निसियन रहने गरि स्वास्थकर्मीको ब्यबस्थापन गरेको महाशिला गाउँपालिकाका प्रवक्ता एंव वडा नम्बर ५ काअध्यक्ष जिवन उचाई ठकुरीले जानकारी दिनु भयो।

    उहाँले जिउ दुख्ने, उच्च ज्वरो, स्वासप्रस्वासमा समस्या जस्ता कोरोना भाइरसको लक्षण देखा परेमा  कोभिड १९ एन्टिजन परिक्षण गर्न  लुङ्खु देउराली प्राथमिक स्वास्थ केन्द्रमा सम्पर्क गर्नु हुन अनुरोध समेत गर्नु भएको छ ।

    अक्सिजन सहितको अस्थाई अस्पताल बनाउने महाशिला स्थानिय तहमा पहिलो हो ।

    मंगलवार, बैशाख २१ २०७८११:१४:५७

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend