वैशाख २१, पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले ५ शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना संक्रमितको संख्या बढिरहेको बेला अन्य ठाउँमा आइसोलेशनको अभाव हुन सक्ने भएकाले महासंघले आइसोलेशन कक्ष निर्माण गरेको हो ।
जिल्लामा क्रियाशिल कुनै पनि पत्रकार कोभिड संक्रमित भएमा सहज रुपमा राख्नको लागि महासंघको हलमा ५ बेडको आईसोलेसन कक्ष निर्माण गरेको पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले बताउनु भयो ।
उहाँले संक्रमण पुष्टि भएर आइसोलेसन कक्षमा बस्नुपने पत्रकारले अस्पतालमा वेड नपाएको खण्डमा उक्त कक्षमा राखिने गरी तयारी अवस्था राखिएको जानकारी दिनुभयो ।
आइसोलेसन कक्षमा आवश्यक पर्ने अक्सिनजन सहितका अन्य उपकरणको लागि भने स्वास्थ्य कार्यालय र पर्वत अस्पताल तथा स्थानीय पालिकाहरुसंग समन्वय गर्ने अध्यक्ष थापाले बताउनु भयो ।