Logo

शनिवार, कार्तिक १ गते २०८३

images

तनाव ब्यवस्थापनका लागि सङ्क्रमितलाई मनोसामाजिक परामर्श

तनाव ब्यवस्थापनका लागि सङ्क्रमितलाई मनोसामाजिक परामर्श

  • PNN Times
  • बिहिवार, बैशाख २३ २०७८


  • तोलाकान्त बगालेवालिङ,

    २३ बैशाख ।
    वालिङ नगरपालिकाले होम आईसोलेसनमा बसेका सङक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिन थालेको छ ।
    नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताहरुद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा आरम्भ गरिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
    “बिरामी भई होम आईसोलेसनमा छुट्टै बस्दा मनमा अनेक खालका भावनाहरु, कुराहरु खेल्ने भएकाले तनाव बढ्न सक्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “सङ्क्रमितहरुमा कुनैपनि तनाव नदेखियोस्, होम आईसोलेसन बसाईलाई तनावमुक्त बनाउनका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन शुरु गरेका हौं ।”
    सङ्क्रमित हुने बित्तिकै समाजले उहाँहरुलाई गर्ने ब्यवहार तथा विभिन्न सामाजिक सञ्जालहरुमा आएका नकारात्मक टीकाटिप्पणीले असर पार्न नदिनका लागि टेलिफोन तथा नियमित भेटघाटमार्फत आवश्यक परामर्श प्रदान गरिएको उहाँले बताउनुभयो ।
    वालिङ नगरपालिकाले गह«ौं प्राथमिक अस्पतालमा दैनिक एन्टिजिनमार्फत परीक्षण गर्दै आईरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।
    रोगको लक्षण देखिएका वा कन्टयाक्ट ट्रेसिङमा परेकाहरुको नाम, ठेगाना, सम्पर्क नम्बर राखी परीक्षण गरिने र सङ्क्रमण पुष्टि भएसँगै आवश्यक औषधि तथा पालना गर्नुपर्ने नियमहरुसहित होमआईसोलेसनमा राख्ने गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
    समय समयमा आवश्यक औषधिसहित स्वास्थ्यकर्मीहरु घर घरमै पुग्ने गरिएको छ भने सामान्य समस्यालाई फोनबाटै २४ सै घण्टा र आवश्यकता अनुसार घरमै पुगेर स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिने गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
    वालिङ नगरपालिका, र गह«ौं प्राथमिक अस्पतालको समन्वय र सहकार्यमा बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्र (टिपिओ नेपाल) द्वारा टेलिफोनमार्फत मनोसामाजिक परामर्श सेवा उपलब्ध गराईएको संस्थाका स्याङ्जा जिल्ला संयोजक जननी मगरले बताउनुभयो ।
    नगरभित्रका झण्डै दुईसय जना सङ्क्रमितको सम्पर्क नम्बर लिएर सम्पर्क गर्ने र उहाँहरुका भावनाहरु बुझ्ने कार्य भईरहेको संयोजक मगरले बताउनुभयो । मनोसामाजिक परामर्शका लागि तालीम प्राप्त चार जना मनोसामाजिककर्ताहरु सक्रिय रहेका छन् ।
    “घरमा एक्लै बस्दा समय लामो भएजस्तो हुने गरेको अनुभवहरु सुनाउनुहुन्छ” संयोजक मगरले भन्नुभयो, “हामीले फोन गर्दा निक्कै खुशी हुनुहुन्छ, आफ्ना समस्याहरु खुलेर राख्ने गर्नुभएको छ, अनि उहाँहरुले भन्नुहुन्छ ‘कति खुशी लाग्यो, फेरि–फेरि पनि फोन गरिराख्नु है’ ।”
    सङ्क्रमित भई होम आईसोलेसनमा बस्नुभएकाहरुको कुरा सुन्दिदामात्रै पनि मन हल्का भएको, धेरै तनाव हराएर गएको अनुभवहरु परामर्शदाताहरुसँग छ । समय समयमा फ्लोअप गर्ने गरिएको संयोजक मगरले बताउनुभयो ।

    images

    बिहिवार, बैशाख २३ २०७८०६:२९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend