Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आइसोलेशन बनाउन वडा अध्यक्ष श्रेष्ठ दिए आफ्नै घर

आइसोलेशन बनाउन वडा अध्यक्ष श्रेष्ठ दिए आफ्नै घर

  • PNN Times
  • मंगलवार, बैशाख २८ २०७८


  • आइसोलेशन बनाउन वडा अध्यक्ष श्रेष्ठ दिए आफ्नै घर

    वैशाख २८, पैयुँ । पैयुँ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठले आफु बसोबास गर्दै आएको घर आइसोलेशन बनाउन दिएका छन । श्रेष्ठले कोभिड १९ को विषम परिस्थितिमा नागरिकको स्वास्थ्यको ख्याल गर्दै आइसोलेशन बनाउनको लागि आफ्नो घर नै दिएका हुन । 

    कोविड–१९ का बिरामी राख्नको लागि श्रेष्ठले घर  निःशुल्क दिएको घोषणा गरेका छन । कोभिड १९ को विषम परिस्थितिमा नागरिकलाई राख्न कुनै समस्या नहोस भन्ने उद्देश्यले आफुले घर आइसोलेसन बनाउन दिने निर्णय गरेको श्रेष्ठले पिएनएन खबरलाई बताए । 

    images

    हातेमालो चोकमा रहेको १५ कोठाको दुई तले घरमा आइसोलेशन बनाउन हुवास स्वास्थ्य चौकि एवं गाउँपालिकालाई जिम्मा दिएको श्रेष्ठले जानकारी दिए । 

    मंगलवार, बैशाख २८ २०७८०९:०३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend