वैशाख २८, स्याङ्जा । स्याङ्जामा कोरोना भाइरस संक्रमणबाट मंगलबार ३ जनाको मृत्यु भएको छ । दोस्रो लहरको हटस्पट बनेको वालिङ नगरपालिकामा २ जना र भिरकोट नगरपालिकामा १ जना गरी ३ जनाको मृत्यु भएको हो ।
यो सँगै स्याङ्जामा मृत्यु हुने संक्रमितको संख्या १८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख विष्णु प्रसाद सुवेदी जानकारी दिए । सुवेदीका अनुसार वालिङ नगरपालिकामा मात्रै ५ जनाको मृत्यु भएको छ ।
वलिङमा सोमबार मृत्यु भएका २ जना मध्ये १ जनालाई नगरपालिकाले आधिखोला किनारमा शब व्यवस्थापन गरेको छ । स्याङ्जामा पछिल्लो समय कोरोना भाइरस संक्रमितसँगै मृतकको संख्या पनि बढेको छ ।
स्याङ्जामा कोरोनाका संक्रमितको संख्या ५ सय ३४ पुगेको छ भने १६ जना निको भएका छन र १८ जनाको मृत्यु भएको छ ।