वैशाख २९, काठमाण्डौ । नेकपा सांसद शान्ता चौधरीले कोभिडबाट मृत्युु हुनेको संख्या बढिरहेको भन्दै आम नारिकलाई साबधानी अपनाउन आग्रह गर्नु भएको छ । सांसद चौधरीले अहिले देशभर अक्सिजनको अभाव भएको, दिनप्रतिदिन कोभिडबाट मृत्यु हुनेको संख्या बढिरहेकाले सबैलाई भेटघाट बन्द गर्न र सावधानी अपनाउन आग्रह गर्नु भएको हो ।
उहाँले देशभर अक्सिजनको अभाव भएका कारण सरकारले अन्तराष्ट्रिय जगतमा हारगुहार गरेर नेपालमा नै उत्पादनको व्यवस्था गरेको भए पनि माग बमोजिम पुर्याउन गाह्रो भैरहेको बताउनु भएको छ ।
कोरोना संक्रमितको संख्या अत्यन्त धेरै भएकाले माग बमोजिम अक्सिजन पुर्याउन गाह्रो भैरहेको छ त्यसैले यस्तो जोखिम अवस्थामा म सबै नारिकलाई हात जोडेर भन्न चाहन्छु, सावधानी हौं, सचेत हौं, एक आपसको भेट्लाई पुर्ण रुपमा बन्द गरौं जीवन बचाउने सबभन्दा ठुलो औषधि यही हो ।
साथै उहाँले अक्सिजन सहित स्वास्थ्य सामाग्री उपलब्ध गराउन आफुहरुको प्रयत्न भइरहेको फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।