Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्थापना दिवशको अवसरमा अनेरास्ववियु र एंव युवासंघ नेपाल जिल्ला कमिटी पर्वतद्वारा माक्स तथा सेनिटाईजर हस्तान्तरण

स्थापना दिवशको अवसरमा अनेरास्ववियु र एंव युवासंघ नेपाल जिल्ला कमिटी पर्वतद्वारा माक्स तथा सेनिटाईजर हस्तान्तरण

  • PNN Times
  • शनिवार, जेठ १ २०७८


  • स्थापना दिवशको अवसरमा अनेरास्ववियु र एंव युवासंघ नेपाल जिल्ला कमिटी पर्वतद्वारा माक्स तथा सेनिटाईजर हस्तान्तरण

    जेठ १, पर्वत ।  अनेरास्ववियु जिल्ला कमिटी र युवासंघ नेपाल जिल्ला कमिटी पर्वतले माक्स तथा सेनिटाइजर गाउँपालिकालाई हस्तान्तरण गरेको  छ । 

    अनेरास्ववियु एंव युवासंघ नेपालको स्थापना दिवसको अवसरमा महाशिला गाउँपालिकालाई केएन ९५ माक्स चार सयप्रति र पाँच लिटर सेनिटाइजर हस्तानतरण गरेको हो । युवासंघ नेपालको सहयोगमा अनेरास्ववियु जिल्ला कमिटी पर्वतले महाशिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बराललाइ हस्तान्तरण गरेको अनेरास्ववियुका जिल्ला संयोजक नवराज भुसालले जानकारी गराउनु भयो ।

    images

    हस्तान्तरण कार्यक्रममा युवासंघ नेपाल जिल्ला कमिटी सचिवालयका सदस्य सरोज अधिकारी, अनेरास्ववियु जिल्ला कमिटी सदस्य मिलन पौडेल, सन्तोष पौडेल र महाशिला गाउँपालिका वडा नम्बर १ पार्टी सचीव दिनेश गुरुङको उपस्थिति थियो । 

    साथै अनेरास्ववियु जिल्ला कमिटि पर्वतको आयोजनामा अनेरास्ववियु केन्द्रीय संयोजक ऐन महर, जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोबिन्द पहाडी, युवासंघ केन्द्रीय सचिव बिमल लामिछाने सहतिको उपस्थितिमा कोभिड १९ नियन्त्रण र शैक्षिक क्षेत्रको समस्या र त्यसको समाधानका बारेमा  बारेमा भर्चुअल  मार्फत अन्तरक्रिया समेत भएको थियो ।  

    शनिवार, जेठ १ २०७८०८:२२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend