Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्वास्थ्य मन्त्रालयलाई वालिङ नगरपालिकाको पत्र : भ्याक्सिन उपलब्ध गराउनु या भ्याक्सिन किन्न अनुमति दिनु

स्वास्थ्य मन्त्रालयलाई वालिङ नगरपालिकाको पत्र : भ्याक्सिन उपलब्ध गराउनु या भ्याक्सिन किन्न अनुमति दिनु

  • निर्भीक नारायण भुर्तेल
  • सोमवार, जेठ १० २०७८


  • स्वास्थ्य मन्त्रालयलाई वालिङ नगरपालिकाको पत्र :  भ्याक्सिन उपलब्ध गराउनु या  भ्याक्सिन किन्न अनुमति दिनु

    जेठ १०, वालिङ । स्याङजाको वालिङ नगरपालिकाले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसंग अनुरोध  गरेको छ ।

    वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाणले  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाई कोरोना भाइरस बिरुद्धको भ्याक्सिन उपलब्ध गराउन अनुरोध  गर्नु भएको हो । 

    images

    वालिङमा कोभिड १९ न्यू भेरियन्ट अत्याधिक फैलिएको र यसको रोकथामको विकल्प भ्याक्सिन भएको हुदा नगरपालिकालाई भ्याक्सिन उपलब्ध गराउन नगर प्रमुख खाँणले पत्र मार्फत मन्त्रालयलाई अनुरोध  गर्नु भएको छ । 

    साथै वालिङ नगरपालिकाका नागरिकको अत्याधिक माग पनि भ्याक्सिन भएको कारण मन्त्रालयले भ्याक्सिन उपलब्ध गराउन नसकेमा नगरपालिका आफैले आफ्नो खर्चमा भ्याक्सिन खरिद गर्ने सक्ने भन्दै भ्याक्सिन खरिदको लागि अनुमति समेत मागेको नगर प्रमुख खाणँले बताउनु भयो ।  

    नागरिलाई सहज रुपमा उपचार गराउने  र भाइरसबाट बचाउन भ्याक्सिन लागाउनु पर्ने दायित्व सरकारको हो नगरप्रमुख खाँणले भन्नु भयो त्यसैले केन्द्रीय सरकारले भ्याक्सिन उपलब्ध गराउन सक्दैन भने हामी आफै खरिद गर्ने छौ मन्त्रालयले अनुमति दिए हुनेछ । 


    khop.jpg

    सोमवार, जेठ १० २०७८०७:१०:४०

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend