जेठ २६, वालिङ । स्याङ्जाको वालिङमा रहेको गह्रौ घ्याङ्लि अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । रोटरी क्लब वालिङ र रोटरी क्लब हिमालयन गोर्खाद्वारा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
क्लबले ५ थान सिलिन्डर, अक्सिजन फ्लो मिटर ५ सेट, अक्सिजन एडल्ट मास्क १० सेट, अक्सिजन नोजल १० सेट, अक्सिजन हाइ मास्क ५ सेट, सर्जिकल ग्लव्स १०० सेट, सर्जिकल मास्क ५०० थान र १० थान पिपिइ सेट अस्पताललाई हस्तान्तरण गरेको छ ।
समुदायमा कोरोना भाइरस बढि रहेको बेला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन स्वास्थ्य सामग्री तथा उपकरण सहयो गरेको रोटरी क्लब वालिङका निर्वतमान अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिनु भयो ।
उहाँले नागरिक र स्वास्थ्य संस्थामा भएको आवश्यकतालाई मध्यनजर गरी स्वास्थ्य सामग्री सहयोग गरेको बताउनु भयो ।