साउन २६, पोखरा । पछिल्लो एक सातामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ह्वात्तै बढपछि पोखराका अस्पताल फेरि भरिभराउ हुन थालेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा तथा संक्रामक रोग अस्पतालमा संक्रमितले वेड नपाउने अवस्था आएको छ । पछिल्लो साता संक्रमितको संख्या नपत्याउँदो गरी बढेकाले आईसीयूमा भर्ना हुन आएका संक्रमितले पालो कुर्नुपर्ने अवस्था आएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बराल बताउँछन् ।
अस्पतालमा कोभिड-१९ का बिरामीका लागि ८० बेड छुट्याइएको छ । तर सबै बेडमा बिरामी छन् । ‘पालो कुरेर पनि उपचार नपाउने स्थिति आइसक्यो,’ डा. बराल भन्छन्, ‘गम्भीर प्रकृतिका बिरामी धेरै छन् । बेलैमा ध्यान नदिए झन् स्थिति भयावह बन्छ ।’