Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अफगानिस्तान आफन्तजन हुनेले स्थानिय तहमा खबर गर्नु - जिल्ला प्रशासन स्याङ्जा

अफगानिस्तान आफन्तजन हुनेले स्थानिय तहमा खबर गर्नु - जिल्ला प्रशासन स्याङ्जा

  • PNN Times
  • बिहिवार, भाद्र ३ २०७८


  • अफगानिस्तान आफन्तजन हुनेले स्थानिय तहमा खबर गर्नु - जिल्ला प्रशासन स्याङ्जा

    भदौ ३, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आफन्तजन तथा परिवारका सदस्य अफगानिस्तानमा भएमा सम्बन्धीत वडा तथा स्थानीय तहलाई खबर गर्ने अनुरोध गरेको छ ।

    पछिल्ला दिनहरुमा अफगानिस्तानमा विकसित भएका राजनीतिक घटनाक्रमहरुका कारण त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गर्नुपर्ने भएकाले आफ्ना परिवारका सदस्यहरुलाई अफगानस्तानमा भएका व्यक्तिहरुको विवरण, वडा कार्यालय, स्थानीय तह, प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन भनिएको हो ।

    images


    अफगानस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित उद्धारका लागि गृह मन्त्रालयले विवरण सङ्ककलन गरी पठाउन भनिएकाले आफ्ना परिवारका सदस्यको विवरण सम्बन्धित निकायलाई बुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    त्यस्तै नेपाल प्रहरीको हटलाइन फोन नम्बर १००, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६०–५२४४४, जिल्ला प्रहरीको सूचना अधिकारीको फोन नम्बर ९८५६०–००२४४ र जिल्ला प्रशासनको ईमेलमा मेल पठाउन प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ ।

    बिहिवार, भाद्र ३ २०७८०७:३७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend