Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतको पैयूँ गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट 

पर्वतको पैयूँ गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट 

  • PNN Times
  • बुधवार, आश्विन १३ २०७८


  • पर्वतको पैयूँ गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट 

    असोज १३, पर्वत ।  पर्वतको पैयुँ गाउँपालिका पैयूँ गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट भएको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पोखराले गरेको वार्षिक समिक्षामा गण्डकी प्रदेशका गाउँपालिका मध्ये पैयूँ गाउँपालिका उत्कृष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

    images

    सरकारी स्वास्थ्य संस्थाहरुबाट हुने सेवा प्रवाह, कोभिड रोकथाम र उपचार, विभिन्न रोग विरुद्ध लगाइने खोप व्यवस्थापन लगायत सेवामा भएको सेवा प्रवाह, व्यवस्थापन, पारदर्शीता, औषधी उपचार, मातृशिशु स्वास्थ्य जस्ता सूचकहरुको आधारमा गरिएको मुल्यांकनमा पैयूँ गाउँपालिका उत्कृष्ट भएको हो ।

    गाउँपालिका भित्रका सातै वटा वडाका स्वास्थ्यकर्मीहरु सहित सिंगो गाउँपालिकाको अथक प्रयासले पैयूँ गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट हुन सफल भएको पैयूँ गाउँपालिकाका जन सम्पर्क अधिकृत मिन प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

    बुधवार, आश्विन १३ २०७८०६:४८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend