Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

बाख्रापालनमा संगठित स्याङ्जाका युवा

बाख्रापालनमा संगठित स्याङ्जाका युवा

  • PNN Times
  • मंगलवार, आश्विन २६ २०७८


  • बाख्रापालनमा संगठित स्याङ्जाका युवा

    गोपाल जिटी

    स्याङ्जाका युवाहरु बाख्रापालनलाई कृषि उद्यम विकासको मुख्य आधार बनाएर संगठित भएका छन् । वालिङ, चापाकोट र बिरुवाका युवाहरुले संगठितरुपमा बाख्रापालन उद्योगमा लागेको सार्वजनिक सुनुवाई मार्पmत जानकारी गराएका छन् ।

    सामुहिक बाख्रापालनमा वालिङ नगरपालिका, चापाकोट नगरपालिका र बिरुवा गाउँपालिकाका १९ जना युवाहरुले नेचर हिल बाख्रापालन समूह गठन गरी वालिङ ४ च्यारेमा बाख्रापालन गर्ने योजना सार्वजनिक गरेका हुन् ।

    नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना एवम् विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराको साझेदारीमा समूहले बाख्रापालन गर्ने भएको हो । इकाईको तर्पmबाट रु.७८ लाख ६७ हजार ८ सय २७ अनुदान रकम र समूहमा सहभागीहरुको समेत गरी १ करोड ५८ लाख ५७ हजार ३ सय ८७ को कूल लागतमा बाख्रापालन गर्ने योजना भएको समूहका अध्यक्ष लालप्रसाद गुरुङले बताउनुभयो ।

    images

    पूर्वमन्त्री माननीय पद्मा अर्यालको कार्यकालमा सम्झौता भए  अनुसार योजना अगाडि बढाइएको समेत अध्यक्ष गुरुङले जानकारी गराउनुभयो । विगत ५ वर्षदेखि बाख्रापालन गर्दै आउनुभएका अध्यक्ष गुरुङले अरु युवाहरुलाई पनि समेटेर व्यवसाय गर्नसके युवा विदेशिने क्रममा कमि ल्याउनुका साथै गाउँमै स्वरोजगारी सिर्जना हुने उद्दश्यले अगाडि बढेको बताउनुभयो ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले युवाहरुको सक्रीय सहभागिताबाट नै उद्यम विकासले गति लिने बताउनुभयो ।

    वालिङका एक सफल कृषक समेत रहनु भएका पौडेलले च्यारे गाउँलाई बाख्राको हवकारुपमा विकास गरी गाउँमा उद्यमी बन्ने योजनाको सराहना गर्दै युवाहरुले आय आर्जनको गन्तव्य विदेश होइन, अब आप्mनै देशलाई बनाउनु पर्नेमा जोड दिनुभयो ।

    वालिङको ४ नम्बर वडा कार्यालयले वर्षभरिका लागि जम्मा ४० लाखको बजेट विनियोजन गरेको थियो भने परियोजनाबाट युवा उद्यम विकासमा यति धेरै रकमको अनुदान प्राप्त हुनु ठूलो कुरा भएको उल्लेख गर्दै अध्यक्ष पौडेलले यसलाई अवसरकारुपमा लिएर लक्ष्य प्राप्तीमा लाग्न आग्रह गर्नुभयो ।

    १३ जना पुरुष र ६ जना महिलाको सहभागिता रहेको समूहले खोर निर्माणका लागि ५ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्ने समूहका सचिव रविन्द्र मल्लले जानकारी गराउनुभयो ।

    मंगलवार, आश्विन २६ २०७८०९:५५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend