Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जिल्ला अस्पताल स्याङ्जामा उपचाररत कैदीबन्दीमा कोरोना संक्रमण, अस्पताल शिल

जिल्ला अस्पताल स्याङ्जामा उपचाररत कैदीबन्दीमा कोरोना संक्रमण, अस्पताल शिल

  • PNN Times
  • बुधवार, भाद्र ३ २०७७


  • पैयुँ, स्याङ्जा । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना पुष्टी भएपछि जिल्ला अस्पताल स्याङ्जा एक हप्तासम्मका लागि शिल गरिएको छ । जबरजस्ती करणी मुद्धामा चार बर्षबाट जिल्ला कारागारमा रहेका ६० बर्षिय एक कैदीमा कोरोना पोजेटिभ देखिएको हो । सोमबार राति उनको रिर्पोट पोजेटिभ आएको हो । ज्वरो र रुघाखोँकी, स्वासप्रश्वासमा समस्या देखिएपछि ति पुरुष शनिबारदेखि जिल्ला अस्पतालमा उपचाररत थिए ।

    स्वस्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माका अनुसार ‘रुघाखोँकी स्वसप्रश्वासमा समस्या देखिएपछि स्वाव परिक्षण गर्दा पोजेटिभ आएको छ । उहाँको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सम्पर्कमा आएकाको कन्याट्रयाक्ट टेसिङ शुरु गरेका भएको छ ।’ कारागारमा ३९ मुद्धाका १५० कैदी बन्दी रहेका छन् । प्र
    हरीमा कोरोना भेटिएपछि सुरक्षा समेत नेपाली सेनाले प्रदान गरेको छ । कारागारमा सुरक्षा दिएको नेपाली सेना र नेपाली सेनाको गुल्म सङक्रमण पुगेको आशंका गरिएको छ ।
    अस्पतालमा उपचारत विरामीमा कोरोना देखिएपछि एक हप्ताका लागी अस्पताल शिल गरिएको छ ।
    अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, र सम्पर्कमा आएका अन्य व्यक्तिको कन्याट्रयाक्ट टे«ेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले डिसिसिएमसिको बैठकले भदौ ८ गतेसम्म शिल गर्ने तथा अस्पतालबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु स्थगति गरेको हो । 

    बुधवार, भाद्र ३ २०७७०८:३०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend