Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पालुस्थान भलिबल प्रतियोगिताको उपाधि नव प्रगति युवा क्लवलाई

पालुस्थान भलिबल प्रतियोगिताको उपाधि नव प्रगति युवा क्लवलाई

  • PNN Times
  • बिहिवार, कार्तिक ११ २०७८


  • पालुस्थान भलिबल प्रतियोगिताको उपाधि नव प्रगति युवा क्लवलाई

    कार्तिक ११,पर्वत ।पर्यटकीय तथा धार्मिक क्षेत्र पर्वतको पैयुँमा पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । गाउँ पालिका–०३ बेउलीबास पालुस्थानको पालुस्थान युवा क्लवको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित पुरुष भलिवल तथा बिबिध सांस्कृतिक कार्यक्रम विहिबार सम्पन्न भएको हो ।

    palusthan 3.jpg
    युवामा शारीरिक तथा सामाजिक विकास होस भन्दै पर्यटकीय क्षेत्र पालुस्थानको प्रचार प्रसार गर्ने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
    समापन कार्यक्रममा पैयुँ गाउँपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले क्लवको सराहना गर्दै आँपूmले पूर्ण सहयोग रहने बताउनुभयो ।

    images

    palusthan 2.jpg
    प्रतियोगिताका लागि २१ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा नव प्रगति युवा क्लवले प्रथम स्थानको ट्रफी उचाल्न सफल भयो भने युनाइटेड युवा क्लव उप–बिजेता बन्यो भने झर्ना युवा क्लव उरामले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

    बिहिवार, कार्तिक ११ २०७८०९:४०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend