Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा आई पी एम कृषि पाठशाला तालीम समापन 

वालिङमा आई पी एम कृषि पाठशाला तालीम समापन 

  • मोहन सुनार
  • बुधवार, कार्तिक २४ २०७८


  • वालिङमा आई पी एम कृषि पाठशाला तालीम समापन 

    कार्तिक २४,वालिङ ।स्याङ्जाको वालिङमा आई पी एम कृषि पाठशाला तालीम सम्पन्न भएको छ । वालिङ १३ पाठखोलामा सञ्चालित आई पी एम कृषि पाठशाला तालीम बुधबार सम्पन्न गरिएको हो ।

    गत चैत्र २८ गतेदेखि सुरु भएको १६ हप्ते तालीम कृषक दिवसको अवसरमा बुधबार समापन गरिएको हो । नेपाल सरकार, कृषि विभाग,प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र र विश्व कृषि तथा खाद्य संगठन(एफएओ)को संयुक्त लगानीमा तालीमको आयोजना गरिएको हो ।
    मकैबालीमा लाग्ने फौजी किरा व्यवस्थापन तथा निराकरणको लागि तालीम प्रदान गरिएको शिव पार्वती आई.पी.एम कृषक पाठशालाका अध्यक्ष रेनुमाया पाठकले  बताउनुभयो ।

    images

    3.JPG

    उहाँले व्यवसायिक किसानहरुलाई तालीमले फाइदा पुगेको उल्लेख गर्दै कृषकहरुले बालीमा लाग्ने किटाणुहरुलाई जैविक विधिबाट निराकरण गर्न सक्ने क्षमताको विकास भएकोे बताउनुभयो ।

    कार्यक्रममा वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठकले कृषकहरु देशको मेरुदण्ड भएकाले समय समयमा तालीम तथा प्राविधिक ज्ञानको आवश्यकता पर्ने बताउनुभयो ।उहाँले कृषि क्षेत्रको विकासले नै नागरिकको जीवनस्तर उकासिने उल्लेख गर्दै नगर र वडाले कृषकहरुलाई आवश्यक तालीम तथा अन्य प्रवद्र्धनात्मक कार्यक्रमहरु तय गरेको बताउनुभयो ।

    2.JPG

    अध्यक्ष पाठकले आधुनिक तरिकाले खेती गर्ने प्रणालीको विकास गर्न सके व्यवसायिक कृषि प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।तालीममा ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ५ वटा समूहलाई ६ वटा विद्युतीय स्प्रेयर प्रदान गरिएको थियो ।

    बुधवार, कार्तिक २४ २०७८०८:०३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend