Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपाली सेनामा कोरोना संक्रमण 

नेपाली सेनामा कोरोना संक्रमण 

  • PNN Times
  • बुधवार, भाद्र ३ २०७७


  • ०३ भदौ, स्याङ्जा । स्याङ्जामा नेपाली सेनालाई पनि कोरोना भाइरस पुष्टी भएको छ । प्रहरी र कैदीमा देखिएको कोरोना भाइरस सेनासम्म पनि पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुलाई कोरोना देखिएपछि जिल्ला कारागारमा नेपाली सेनाले सुरक्षा प्रदान गरेको थियो ।

    सोमबार कारागारमा रहेका कैदीमा समेत कोरोना पुष्टि भएको दुईदिनमै नेपाली सेनामा पनि कोरोना देखिएको छ । पुतलीबजार ३ मा रहेको दुर्गाभञ्जन गुल्मका दुई नेपाली सेनामा कोरोना सङक्रमण भेटिएको हो । गुल्मका ४१ वर्षीय हवल्दार र ३८ वर्षीय जम्दारमा कोरोना सङक्रमण भेटिएको हो ।
     
    कारागारको सुरक्षाको लागि १६ जना नेपाली सेना खटिएकामा दुई जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षत्रीले जानकारी दिनुभयो ।  कारागारमा रहेका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि सेनालाई समेत सामान्य रुघा खोकी देखिएको थियो । पोखरामा उपचारको क्रममा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

    images

    कारागारमा सुरक्षामा रहेका थप १४ जना आर्मी र सङक्रमित कैदीको सम्पर्कमा रहेका कैदी तथा बन्दीको स्वाब लिइने प्रमुख जिल्ला अधिकारी क्षत्रीले बताउनुभयो ।

    स्याङ्जामा सुरक्षाकर्मी, डाक्टर, एम्बुलेन्स चालक, कैदी सहित ८६ जना समुदाय स्तरमा कोरोना पुष्टी भईसकेको छ । जिल्लामा दुई सक्रमित सेना थपिएसंगै ३ सय ६ जनामा कोरोना सङक्रमण देखिएको छ । सङक्रमित मध्ये २ सय ७२ जना निको भएर घर फर्किसकोका छन् ।

    बुधवार, भाद्र ३ २०७७०८:३०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend