Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एकैदिन ६८१ जनामा कोरोना सङ्क्रमण, ६ जनाको ज्यान गयो

एकैदिन ६८१ जनामा कोरोना सङ्क्रमण, ६ जनाको ज्यान गयो

  • PNN Times
  • बुधवार, भाद्र ३ २०७७


  • एकैदिन ६८१ जनामा कोरोना सङ्क्रमण, ६ जनाको ज्यान गयो


    काठमाण्डौ उपत्यकामा बुधबार एक सय ५९ जनामा कोरोना सङ्क्रमित भेटिएसँगै नेपालमा ६ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
    ११ हजार पाँच सय २२ जनाको पीसीआर परीक्षण गर्दा जनामा ६ सय ८१ कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार नौ सय ३८ पुगेको छ । 
    यसैगरी एक सय २० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने डिस्चार्ज हुनेको कुल सङ्ख्या १७ हजार सात सय पुगेको छ । अहिले ११ हजार एक सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १३ हजार पाँच सय ७१ जना क्वरेण्टीनमा रहेका छन् । 
    यसका साथै थप ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २० पुगेको छ ।
    उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् । 

    बुधवार, भाद्र ३ २०७७०८:३६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend