Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा पालिकाबाटै फोटो सहितको मतदाता नामावली संकलन अभियान शुरु

स्याङ्जामा पालिकाबाटै फोटो सहितको मतदाता नामावली संकलन अभियान शुरु

  • कला राना
  • शुक्रवार, मंसिर १७ २०७८


  • स्याङ्जामा पालिकाबाटै फोटो सहितको मतदाता नामावली संकलन अभियान शुरु

    मंसिर १७, स्याङ्जा । स्याङ्जाका ११ वटै पालिकामा फोटो सहितको मतदाता नामावाली संकलन अभियान शुक्रबारदेखि शुरु भएको छ । १० दिनसम्म रहने यो अभियानमा १६ वर्ष पुरा भई नागरिकता लिएका, अघिल्लो नामावली संकलनमा छुटेकाहरुले फोटो सहितको नामावली फारम भर्न सक्नेछन् ।

    १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।

    यसअघि जिल्लाको दुई स्थानबाट हुँदै आएको मतदाता नामावाली संकलन शुक्रबारदेखि ११ वटै पालिकामा शुरु भएको हो । वालिङको ईलाका प्रशासन कार्यालय र पुतलीबजारको प्रशासन कार्यालयबाट नामावली संकलन हुँदै आएको थियो ।

    images

    निर्वाचन कार्यालय अधिकृत गुरुप्रसाद मरासिनीका अनुसार भीरकोट, चापाकोट, गल्याङ नगरपालिका, अर्जुनचौपारी, विरुवा, हरिनास, फेँदिखोला, आँधीखोला, कालीगण्डकीबाट समेत मतदाता नामावली संकलन शुरु भएको हो ।

    पालिकामा मतदाता नामावली संकलनका लागी १ जना दर्ता गर्ने कर्मचारी, पालिकाको फोकल पर्सन, फारम भर्ने कर्मचारी र कार्यालय सहयोगी गरी हरेक पालिकामा ४ जना कर्मचारी १० दिनको अवधिसम्म रहनेछन् ।

    नामावली विवरणका लागी सक्कली नागरिकताको प्रमाणपत्र लिएर पालिकामा उपस्थित हुनुपर्नेछ । अन्य जिल्लाका व्यक्तिहरुले भने जिल्ला निर्वाचन कार्यालयमा फोटो खिचाउन सक्नेछन् ।


    शुक्रवार, मंसिर १७ २०७८१०:२२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend