Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि

  • PNN Times
  • सोमवार, भाद्र ८ २०७७


  • पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि

     भदौ ८, कामठाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।

    images

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

    सोमवार, भाद्र ८ २०७७०५:२३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend