Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पैयूँमा स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगद सहित सम्मान र पुरस्कार 

पैयूँमा स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगद सहित सम्मान र पुरस्कार 

  • PNN Times
  • आइतवार, मंसिर १९ २०७८


  • पैयूँमा स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगद सहित सम्मान र पुरस्कार 

    मंसिर १९, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । गाउँपालिकाले १८औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवशको अवसरमा गाउँपालिका भित्र काम गर्ने स्वयंसेविकाहरुलाई सम्मान गरेको हो । 

    गाउँपालिकाले आर्थिक २०७७/०७८ मा उत्कृष्ट कार्य गर्ने सात जना स्वास्थ्य स्वयंसेविकालाई नगद, प्रशंसा–पत्र र दोसल्ला ओढाई सम्मान गरेको पैयूँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य प्रसाद न्यौपानले जानकारी दिनु भयो । स्वास्थ्यका विभिन्न सूचकहरु माथि मूल्यांकन गर्दा गाउँपालिका भित्रका ५५ जना मध्ये उत्कृष्ट कार्य गर्ने सात जना स्वयंसेविकालाई सम्मान गरेको न्यौपानेले बताउनु भयो ।

    images

    साथै सोही अवसरमा गाउँपालिकाले ६० वर्ष उमेर पूरा भएका चारजना स्वास्थ्य स्वयंसेविकालाई दीर्घ सेवा गरे वापत ५० हजार रुपैयाँ नगद, सम्मान–पत्र र दोसल्लाले सम्मान गरेको छ । यसरी ६० वर्ष उमेर पूरा भएका स्वयंसेविकालाई नगद सहिद सम्मान गर्ने पैयूँ गाउँपालिका  जिल्लामा नै पहिलो रहेको न्यौपानेको भनाई छ । ६० वर्ष पुरा भएपछि अनिवार्य अवकास हुनु पर्ने भएकाले गाउँपालिकाले नगद सहित सम्मान गर्दै उनिहरुलाई बिदाई गरेको हो ।

    11.jpg

    “स्वास्थ्य जीवनशैली हाम्रो आवश्यकता : संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयं सविका” भन्ने मूल नाराका साथ आईतबार देशभर सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवश मनाईएको छ। 

    आइतवार, मंसिर १९ २०७८०९:२६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend