Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गण्डकीमा पत्रकार र सुरक्षाकर्मीसहित थप ११ जना संक्रमित

गण्डकीमा पत्रकार र सुरक्षाकर्मीसहित थप ११ जना संक्रमित

  • PNN Times
  • मंगलवार, भाद्र ९ २०७७


  • गण्डकीमा पत्रकार र सुरक्षाकर्मीसहित थप ११ जना संक्रमित

    भदौ, ९ । पोखरा ।  गण्डकी प्रदेशमा मंगलबार विहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ जना पोखरा महानगरपालिकाका छन् ।

    पोखरामा  १ पत्रकार, २ सुरक्षाकर्मी र १ जना दुबईबाट फर्किएका व्यक्तिसहित ११ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

    मंगलबार नै तनहुँको भानु नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८ पुगेको छ । १ हजार ६ सय ३९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।

    मंगलवार, भाद्र ९ २०७७१०:३४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend