Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा वडा स्तरीय प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सुरु(फोटो फिचर)

पैयूँमा वडा स्तरीय प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सुरु(फोटो फिचर)

  • मोहन सुनार
  • शनिवार, पौष ३ २०७८


  • पैयूँमा वडा स्तरीय प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सुरु(फोटो फिचर)

    ३ पौष,पर्वत ।पर्वतको पैयूँमा वडा अध्यक्षकप खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम सुरु भएको छ । 
    पैयूँ गाउँपालिका वडा नं. ४ को आयोजनामा खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सुरु भएको हो ।प्रतियोगितात्मक कार्यक्रमको सुरु गर्दै पैयूँ गाउँपालिका वडा नं.४ का अध्यक्ष महेन्द्र श्रेष्ठले युवावर्गलाई लक्षित गर्दै उनीहरुको वृत्ति विकासको लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
    उहाँले युवावर्गलाई खेलकुद तथा विभिन्न प्रतियोगितामा सहभागी गराएर भ्रातृत्व तथा बौद्धिक क्षमताको विकास गर्न वडाले आ.व.२०७८/०७९ को अवधिमा बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।

    वडा अध्यक्ष श्रेष्ठले मौलिक संस्कारहरुको जगेर्ना र विकास गर्न आवश्यक रहेको उल्लेख गर्र्दै संस्कारको जगेर्ना गर्न युवावर्गको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्नुभयो ।पौष ३ गतेदेखि सुरु भएको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    images

    कार्यक्रममा महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले युवावर्ग देश विकासको मेरुदण्ड भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले समय समयमा युवा लक्षित कार्यक्रमहरु आयोजना गर्न आवश्यक रहको बताउँदै युवालाई उत्पादनमूलक कार्यमा जोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 
    पौष ३ गतेदेखि सुरु भएको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    कार्यक्रममा साविक वडा स्तरीय भलिबल प्रतियोगिता,ब्याडमिण्टन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा राष्ट्रिय र स्थानीय कलाकारहरुको साँङ्गितिक प्रस्तुति रहने वडा नं. ४ कार्यालयले जनाएको छ ।

    पैयूँ गाउँपालिका वडा नं. ३ का अध्यक्ष विष्णु काफ्लेको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन वडा नं.४ का वडा सचिव राजेन्द्र तिवारीले गर्नुभएको थियो ।

      2.JPG

    3.JPG

    IMG_1170.JPG

    IMG_1177.JPG

    IMG_1217.JPG

    IMG_1162.JPG

    IMG_1198.JPG

    शनिवार, पौष ३ २०७८०६:३१:१३

    मोहन सुनार

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend