पुस ६, स्याङ्जा । स्याङजाको कालिगण्डकी गाउँपालिकामा अध्यक्ष कप कालिगण्डकी खेलकुद महोत्सव सुरु भएको छ। महोत्सवको मंगलबार राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्नु भएको छ ।
सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि भन्ने नाराका साथ अध्यक्ष कप कालिगण्डकी खेलकुद महोत्सव सुरुभएको हो ।
महोत्सव आगामी पुस ७ गते सम्म संचालन हुने छ।



