Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कोरोना संक्रमित ७० वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमित ७० वर्षीया महिलाको मृत्यु

  • PNN Times
  • बिहिवार, भाद्र ११ २०७७


  • कोरोना संक्रमित ७० वर्षीया महिलाको मृत्यु

     

    भदौ, ११ । काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका(७ कि ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

    images

    वृद्धाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।

    महिला दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना भएकी थिइन् । पीसीआर जाँच गर्दा पोजेटिभ देखिएपछि कोहोलपुर पठाइएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

    महिलाको मृत्युसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६ पुगेको छ । ६ जनामध्ये नेपालगञ्जका तीनजना, नरैनापुर, कोहलपुर र बैजनाथका एकरएकजनाको मृत्यु भएको हो । बुधबार पनि बाँकेमा ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो । #अनलाईन_खबरबाट

    बिहिवार, भाद्र ११ २०७७०२:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend