पौस ७, स्याङ्जा । पूर्व मन्त्री पद्माकुमारी अर्यालले खेल क्षेत्रको विकास गरी खेललाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनु भएको छ । बुधबार स्याङ्जामा पुतलीबजार युवा तथा खेलकुद संजालद्वारा आयोजित दोस्रो पुतलीबजार कप २०७८ को उद्घाटन गर्दै पूर्व मन्त्री अर्यालले खेल जगतको विकास गरी खेलाडिहरुको भविष्य उज्ज्वल बनाउनुपर्ने बताउनुभएको हो ।
खेल क्षेत्रको माध्यमबाट आफ्नो देशलाई विश्व सामु पहिचान दिलाउन सकिने भन्दै खेलको विकासका लागि आँफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले ‘नयाँ खेलाडिहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । खेल क्षेत्रले पनि जीवनलाई सुनिश्चित गर्छ भन्ने वातावरण सिर्जना हुन आवश्यक छ ।
खेल खेलेर नै जीवन निर्वाह हुनुपर्छ । नेकपा एमाले केन्द्रीय सचिव समेत रहनुभएकी अर्यालले वर्तमान सरकार ओली सरकारको आधार टेकेर अगाडि बढिरहेको समेत बताउनुभयो ।ओली सरकारले ऐतिहासिक कार्यहरु गरेको भन्दै जनताले आगामी निर्वाचनमा एमालेलाई नै रोज्ने उहाँको दावी छ ।