पौष १०, स्याङ्जा । स्याङ्जामा एक सहकारी संस्थाले अधिवेशन भव्य रुपमा सम्पन्न गर्न ३ हजार ‘साडी’वितरण गरेको छ । गल्याङ नगरपालिकामा रहेको तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले अधिवेशन सम्पन्न गर्न आफ्ना सेयर सदस्यहरुलाई ३ हजार सारी निःशूल्क विरतरण गरेको हो । अधिवेशनमा नागरिकको भव्य उपस्थिति देखाउनको लागि सहकारीले साडी निःशूल्क वितरण गरेर अनिवार्य उपस्थित हुन उर्दी जारी गरेको थियो ।
सहकारीले साडी लगाएर अधिवेशनमा आउने महिला सेयर सदस्यलाई निशुल्क रुपमा गाडिको समेत व्यवस्था गरेको थियो । घरबाट अधिवेशन सम्म आउनको लागि साडी लगाएर आउन चाहानेलाई गाडी नै पठाएर ल्याएको सहकारीका अध्यक्ष दल बहादुर सिंजाली जानकारी दिनुभयो ।
उहाँले करिब ९ सय पर्ने साडी महिला सेयर सदस्यहरुलाई संस्थाको मुनाफाबाट वितरण गरेको समेत स्वीकार गर्नु भयो । स्याङ्जामा सहकारी संस्थाको मुल मर्म र भावना विपरित पछिल्लो समय सहकारीलाई माध्यम बनाई विभिन्न राजनीतिक दलहरुले सेयर सदस्यहरुलाई प्रलोभनमा पार्न पनि यसरी सामानहरु वितरण गर्दै आएका छन ।
साना किसान सहकारीले पनि आफ्ना सेयर सदस्यहरुलाई साडी वितरण गरी राजनीतिक लोकप्रियताको लागि काम गरेको सरोकारवालाहरुको आरोप छ ।