Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण

  • PNN Times
  • बिहिवार, भाद्र ११ २०७७


  • पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण

     

    भदौ, ११ । काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ११ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    पछिल्लाे २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा एक हजार एक सय ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा पाँच सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २० हजार ७३ पुगेको छ ।

    अब नेपालमा १५ हजार दुई सय ७३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै हजार चार सय ८८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

    यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

    बिहिवार, भाद्र ११ २०७७०५:३५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend