Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतको फलेवासमा निशुल्क स्वास्थ्य शिविर

पर्वतको फलेवासमा निशुल्क स्वास्थ्य शिविर

  • PNN Times
  • आइतवार, पौष १८ २०७८


  • पर्वतको फलेवासमा निशुल्क स्वास्थ्य शिविर

    लक्ष्मण बिसि 

    पौष १८, पर्वत । पर्वतको फलेवास नगरपालिका-१ कार्किनेटामा आयोजना गरिएको निशुल्क बृहत् स्वास्थ्य शिविरमा करिब ८ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । कार्किनेटा सम्पर्क समाज पोखराको आयोजना तथा दिर्घायु पोखरा हस्पिटलको प्राविधिक सहयोगमा अन्नपूर्ण माबिमा सनिवार सम्पन्न शिविरमा उक्त संख्याका बिरामीहरु लाभान्वित भएका हुन ।

    images

    ग्रामीण भेगका जनतालाई लक्षित गरि आयोजना गरिएको शिविरमा उत्साहका साथ गाउँ गाउँबाट बिरामीहरुले स्वास्थ्य परिक्षण गराई लाभ लिएको कार्किनेटा सम्पर्क समाज पोखराका अध्यक्ष सीता शर्माले बताउनुभयो । समाजले बिगतमा पनि विभिन्न सामाजिक कार्यहरू गरेको र आगामी दिनमा पनि रचनात्मक कार्य संचालन गरिने शर्माले बताउनुभयो ।

    विभिन्न रोगको समस्याबाट पीडित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुले स्थानीय स्तरमै विशेषज्ञ डाक्टरहरुबाट स्वस्थ्य परिक्षण गराउन पाएकोमा खुसी हुँदै आयोजक संस्थाको प्रसंशा गरेका थिए । विभिन्न रोगका विशेषज्ञ डाक्टरको उपस्थितिमा स्वास्थ्य परिक्षण गरिएको समाज उपाध्यक्ष हरि प्रसाद शर्मा पौडेलले बताउनुभयो । शिविरमा बिरामीहरुलाई निशुल्क औषधि उपलब्ध गराइएको उहाँको भनाइ छ ।

    शिविरमा पुग्नुभएका फलेवास नगरपालिकाका नगरप्रमुख पदामपाणी शर्माले कार्कीनेटा सम्पर्क समाज पोखराले गाउँका जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि शिविर आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । शिविरमा जनरल फिजिसियन छाती,पेट सुगर, मुटु, प्रेसर,थाइराइड सम्बन्धि डा. सुदर्शन सुवेदी, हाडजोर्नी तथा नशारोग सम्बन्धि डा. मेघराज लामिछाने, स्त्रीरोग सम्बन्धि डा.सरिता गुरुङ, नाक,कान घाँटी सम्बन्धि डा. डिबि लामिछाने, जनरल सर्जरी डा. सुमन बराल र डा.सुजन श्रेष्ठ, भिडियो एक्सरे गोपाल खनालले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

    बालरोग सम्बन्धि उपचार गरिनुका साथै मुटुको इसिजी,युएसजी तथा सुगरको जाँच सम्बन्धि ल्याब टेस्ट पनि गरिएको छ । फलेवास नगरपालिका, कार्किनेटा वडा कार्यालय,कार्किनेटा स्वास्थ्य चौकी, अन्नपूर्ण माबि लगायतको सहयोग तथा समन्वयमा शिविर सम्पन्न भएको कार्यक्रम संयोजक तथा सम्पर्क समाजका कोषाध्यक्ष पदम श्रेष्ठले बताउनुभयो । उक्त शिविरको लागि देउराली-जनता फार्मास्युटिकल्स काठमाडौले निशुल्क औषधि उपलब्ध गराएको उहाँले बताउनुभयो ।

    आइतवार, पौष १८ २०७८०७:३७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend