Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपालमा थप एक कोरोना संक्रमितको निधन

नेपालमा थप एक कोरोना संक्रमितको निधन

  • PNN Times
  • शुक्रवार, भाद्र १२ २०७७


  • नेपालमा  थप एक कोरोना संक्रमितको निधन



    भाद्र १२ चितवन   भरतपुरको निजी अस्पताल पुष्पाञ्जली अस्पतालमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ । पुष्पाञ्जलीमा भदौ ५ गतेदेखि उपचार गराइरहेका भरतपुर–२ क्षेत्रपुरका कोरोना संक्रमण देखिएका ५१ वर्षीय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा। सन्दिप पाण्डेले बताए ।

    उनलाई फोक्सो र दमको समस्या थियो । अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार गरे पनि जोगाउन नसकेको अस्पतालले जनाएको छ 

    भरपुरमा शुक्रबारै अर्की एक कोरोना संक्रमितको निधन भएको थियो । चितवन मेडिकल कलेज ९सिएमसी०को भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेकी कोरोना संक्रमित ७१ वर्षीया महिलाको बिहान पौने सात बजे निधन भएको अस्पतालले जनाएको छ । उनी मकवानपुर हेटौंडा–१९ की हुन् । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकी उनलाई भदौ ७ गते आइतबार अस्पतालमा भर्ना गरिएको थियो ।
    योसँगै चिवनमा कोरोना भाइरसबाट संक्रमित ८ जना व्यक्तिको निधन भएको छ । तीमध्ये ४ जना मात्रै चितवनका हुन् । अरु अन्य जिल्लाका हुन् । भरतपुरमा मृत्यु हुने संक्रमित ८ जनामध्ये ३ जना हेटौंडाकै छन् । एकजना कैलालीका व्यक्तिको पनि संक्रमण देखिएपछि उपचारकै क्रममा भरतपुरमा ज्यान गएको थियो ।

    सिएमसीमा अहिले पनि ४२ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । तीमध्ये २० जनाको अवस्था गम्भीर र जोखिमपूर्ण रहेको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले बताए ।#कान्तिपुरबाट

    images

    शुक्रवार, भाद्र १२ २०७७१२:५९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend