Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा 'तपाईको मास्क खै' अभियान

स्याङ्जामा 'तपाईको मास्क खै' अभियान

  • निर्भीक नारायण भुर्तेल
  • शुक्रवार, माघ ७ २०७८


  • स्याङ्जामा  'तपाईको मास्क खै' अभियान

    माघ ७, स्याङ्जा । स्याङ्जामा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तपाईको मास्क खै अभियान चलाइएको छ । मास्कको अनिवार्य प्रयोग गरौ, म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शुक्रबार जिल्ला कोभिड व्यवस्थापन समिति स्याङ्जाको अगुवाइमा तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । 

    कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि  जिल्लाको पुतलीबजार, भीरकोट र वालिङ नगरपालिकामा तपाईको मास्क खै’ अभियान चलाइएको हो ।

    images

    IMG_4090.JPG

    कोरोनाको तेस्रो लहरबाट स्याङ्जामा बिरामी बढिरहेको बेला यसको रोकथाम र नियन्त्रणको लागि जिल्लामा मास्क लगाउन कडाइ गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको स्याङ्जाका  प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताउनु भयो ।

    IMG_4076.JPG

    अभियान अन्तर्गत सुरुको दिन मास्क नलगाई हिड्नेलाई मास्क बितरण गर्दै कारबाही स्वरुप ७० जनालाई एक सय रुपैयाँ जरिवाना तिराईएको  पौडेलले जानकारी दिनुभयो । 

    मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतना मुलक कार्यक्रम गरिएको हो । 

    IMG_4097.JPG

    IMG_4100.JPG

    शुक्रवार, माघ ७ २०७८०७:३३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend