भदौ, १५ । पैयुँ पर्वत । पर्वतको पैयुँ गाउँपालिमा एक सय १० जनाको कोरोना नतिजा नेगेटिभ आएको छ । भदौ १२ गते श्वाव संकलन गरेको एक सय १० जनाको श्वाव परिक्षण गर्दा नतिजा नेगेटिभ आएको हो ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसंगै गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, व्यापारी लगायत गाउँपालिका भित्र बसोबास गर्ने उच्च जोखिम भएका विभिन्न क्षेत्रका १८ जना महिला, ९२ जना पुरुष गरी एक सय १० जनाको श्वाव परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको पैयुँ गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेको श्वाव परिक्षणमा सबैजनाको नतिजा नेगेटिभ आएपछि हाल सम्म पैयुँ गाउँपालिका सुरक्षित रहेको छ ।
