Logo

शनिवार, कार्तिक १ गते २०८३

images

‘टिकटक’बाट मानवसेवा-वालिङका दुईजना अपाङ्गलाई १ लाख १० हजार नगद सहयोग

‘टिकटक’बाट मानवसेवा-वालिङका दुईजना अपाङ्गलाई १ लाख १० हजार नगद सहयोग

  • मोहन सुनार
  • आइतवार, फाल्गुण ८ २०७८


  • ‘टिकटक’बाट मानवसेवा-वालिङका दुईजना अपाङ्गलाई १ लाख १० हजार नगद सहयोग

    फागुन ८,वालिङ ।सामाजिक सञ्जाल टिकटकबाट आएको गिफ्ट र अन्य सहयोगदाताहरुबाट सहयोग संकलन गरी स्याङ्जाका दुईजना अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ९,पिपलटारी घर भएका निमबहादुर रावत र लिला रावतका दुई जना अपाङ्ग छोराहरुलाई रु १ लाख १० हजार सहयोग प्रदान गरिएको छ ।टिकटकबाट मानव सहयोगको लागि जोडिएको ‘मावन सहयता  समूह नेपाल’ले पिपलटारीका २२ वर्षीय ख्याम बहादुर र १३ वर्षका आनन्द लाई आर्थिक सहयोग गरेको हो ।टिकटकमा लाइभ होस्ट गरेर आएको गिफ्ट तथा अन्य सहयोगी दाताहरुबाट संकलित रकमले वालिङका दुईजना अपाङ्गहरुलाई आर्थिक सहयोग गरेको मानव सहयता समूह नेपालका अध्यक्ष टिका प्रसाद तिमिल्सिनाले बताउनुभयो ।

    Screenshot (112).png

    images

    उहाँले आर्थिक रुपले विपन्न परिवारको लागि समूहले सहयोग गर्दै आइरहेको बताउँदै मनोरञ्जनको रुपमा प्रयोग गरिँदै आइरहेको टिकटकलाई सही रुपमा प्रयोग गरेर समाजसेवामा उपयोग गर्न सकिने उल्लेख गर्नुभयो ।अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय टिकटक मागी खाने भाँडोको रुपमा आम मानिसले बुझिरहेको अवस्थामा त्यो भ्रमलाई चिर्न आफुहरुले समूह गठन गरेर मानव सेवामा समर्पित भएको उल्लेख गर्नुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सल्लाहकार गोकर्ण थपलियाले सरकारले हरेक नागरिकको दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्दै समाजिक सेवा गर्न कुनै पनि परिधिले नछेक्ने बताउनुभयो ।उहाँले सामाजिक सञ्जालको उचित प्रयोग गरेर मानव सेवा गर्न सकिने बताउनुभयो । कार्यक्रममा मानव सहायता समुह नेपालका उपाध्यक्ष सुरेश घलेले संस्थामा आवद्ध सबै सदस्यहरु निस्वार्थ भावका साथ मानव सेवामा लागेको बताउनुभयो ।
    उहाँले टिकटकबाट हुने कमाई सबै मानवसेवामा खर्च गरेको उल्लेख गर्दै संस्थाका सम्पूर्ण सदस्यहरु आफ्नै पेशा,व्यवसायमा जोडिएका कारण सामाजिक सञ्जालबाट हुने आम्दानी मानव सेवामा लगाएको जानकारी दिनुभयो ।  

    Screenshot (113).png
    सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का कार्यबाहक वडा अध्यक्ष दिपक श्रेष्ठले समाजिक सञ्जालको प्रयोगबाट मानव सेवाको लागि पनि  काम गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले समाजका मानव सेवा सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै राज्यले हरेक नागरिकको जिम्मेवारी लिनुपर्ने बताउँनुभयो ।अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग प्रदान गर्दै संस्थाकी कोषाध्यक्ष एका कुमारी तिमिल्सिना(तुलसा)ले टिकटक लाइभ होस्टमा आएको गिफ्टबापत आएको रकम तथा अन्य सहयोगी दाताहरुले प्रदान गरेको रकम नै संस्थाको आर्थिक उपार्जनको पाटो भएकाले दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।कोषाध्यक्ष तिमिल्सिनाले थोरै थोरै गरेर जम्मा भएको सहयोले दिन दुखीको सेवा गर्न पाउँदा खुसी लागेको जनाउनुभयो ।सहयोग रकम ग्रहण गर्दै पिडितकी आमा लिला रावतले आर्थिक विपन्नताले अपाङ्ग छोराहरुको पालनपोषण गर्न गाह«ो भैरहेको बेलामा आर्थिक सहयोग पाउँदा हर्ष लागेको बताउँदै मानव सहायता समूह दिन दुखीहरुको लागि  सहारा बनेको उल्लेख गर्नुभयो ।

    Screenshot (114).png
    उहाँले सामाजिक सञ्जालको उचित प्रयोग गरेर आफुजस्तै दुखी गरिबहरुको सेवामा लागिरहन समूहलाई हौसला मिलिरहोस भन्ने कामना गर्नुभयो ।सामाजिक सञ्जाल टिकटकमा लाइभ होस्ट गरेर आएको रकम  तथा अन्य सहयोगी दाताहरुबाट आएको सहयोग संकलन गरी देशैभरका विभिन्न ठाउँमा गई धेरै गरिब,असहाय तथा अशक्तहरुको सेवा गर्दै आइरहेको संस्थाले जनाएको छ ।त्यसै गरी संस्थामा अझै धेरै सदस्यहरु थपेर देशभरी व्यापक रुपमा परिचालित भई दिन दुखीहरुको घाउमा मलम लगाउने योजनासाथ अगाडि बढेको मानव सहायता समूहले जानकारी दिएको छ ।

    आइतवार, फाल्गुण ८ २०७८१०:२१:३७

    मोहन सुनार

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend