Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा रेविज देखियो, सतर्क रहन नगरपालिकाको आग्रह

वालिङमा रेविज देखियो, सतर्क रहन नगरपालिकाको आग्रह

  • PNN Times
  • मंगलवार, फाल्गुण १० २०७८


  • वालिङमा रेविज देखियो, सतर्क रहन नगरपालिकाको आग्रह

    फागुन १०, स्याङ्जा ।  वालिङमा रेविज रोग देखिएकाले सतर्क रहन नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका विभिन्न वडाहरुमा रेबिज रोगसंग मिल्दो जुल्दो लक्षण देखिएको र पशुपक्षी रोग अन्वेशण प्रयोगशाला पोखरामा नमुना परीक्षण गराउँदा रेविज प्रमाणित भएको भन्दै त्यस्ता लक्षण देखिएमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेको छ । पशुपालक कृषकहरुले आफ्ना घरपालुवा जनावरहरु विरालो, कुकुरमा रेविजको लक्षण देखिएमा नगरपालिकाको पशु शाखामा जानकारी गराउन अनुरोध गरेको छ ।

    घरपालुवा पशुहरुमा अत्याधिक र्याल  निकाल्ने, मुखमा फिँज आउने, पशुहरुले पशुधनीलाई आक्रमण गर्न खोजेमा, पशुहरु चम्किने, उत्तेजित हुने, विनाकारण दौड्ने र एकोहोरो कराउने गरेमा, अस्वभाविक वस्तुहरु जस्तै लठ्ठी, दिशा, माटो र किलाकाटी आदि खाने गरेमा र घाँस, दाना खान छोडेमा, पानीसंग डराउने जस्ता लक्षण देखिएमा नगरपालिकाको पशुशाखा तथा वडाहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    मंगलवार, फाल्गुण १० २०७८०८:०८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend