Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जाको मिर्मीमा ठुलो धनराशीको भलिबल प्रतियोगिता हुने

स्याङ्जाको मिर्मीमा ठुलो धनराशीको भलिबल प्रतियोगिता हुने

  • PNN Times
  • सोमवार, फाल्गुण २३ २०७८


  • स्याङ्जाको मिर्मीमा ठुलो धनराशीको भलिबल प्रतियोगिता हुने

    स्याङ्जा, फागुन २३ । स्याङ्जाको कालिगण्डकीमा भलिबल प्रतियोगिता हुने भएको छ । कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीमा नव मिर्मिरे युवा क्लबको आयोजनामा यही फागुन २६ गते प्रतियोगिता हुने भएको हो । 

    प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ७५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र र सन्त्वना पुरस्कार नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र रहेको क्लबका अध्यक्ष छविलाल भट्टराईले जानकारी दिनुभएको छ । 
     
    यस्तैगरी खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद पाँच हजार, ट्रफी र प्रमाणपत्र रहने भट्टराईले बताउनु भयो । प्रतियोगितामा नेपालका विभिन्न विभागिय टिम र क्लबका खेलाडीहरुको सहभागि हुने छन ।
    प्रतियोगितामा सहभागि हुन ५ हजार ५ सय ५५ रुपैयाँ दर्ता शुल्क लाग्ने क्लबले जनाएको छ ।  

    सोमवार, फाल्गुण २३ २०७८०७:१४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend