Logo

शनिवार, कार्तिक १ गते २०८३

images

२३ वर्षिय बस्यालको मर्दिखोला बगर देखि काठमाण्डौ सम्मको फुटबल यात्रा 

२३ वर्षिय बस्यालको मर्दिखोला बगर देखि काठमाण्डौ सम्मको फुटबल यात्रा 

  • PNN Times
  • शनिवार, जेठ २१ २०७९


  • २३ वर्षिय बस्यालको  मर्दिखोला बगर देखि काठमाण्डौ सम्मको फुटबल यात्रा 

    जेठ २१, । पर्वत पैयुँ गाउँपालिका घर भएका अविनाश (अर्जुन) बस्याल २३ वर्षका भए । उनलाई पैयूँमा धेरैले फुटबलको नामले चिन्दछन । फुटबलले उनलाई त चिनायो नै उनको कारण पैयूँलाई समेत चिनाएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ हातेमालो चोक घर भएका बस्याल पैयुँका युवाहरूको प्रेरणाका श्रोत बनेका छन ।

    285194875_708793120410413_153795470510217659_n.jpg

    images

    उनकै कप्तानिमा रहेर पर्वतबाट तेस्रो पटक सहिद स्मारक सि डिभिजन लिग खेल्न सफल भएका छन बस्याल । जिल्ला लिग हुदै सातौं, आठौं र राष्ट्रिय रनिङ सिल्ड हुँदै सि डिभिजन खेलेका बस्याल पर्वत जिल्लाका प्रशिक्षक एवम उत्कृष्ट गोल रक्षक पनि हुन । 

    285437947_1351193098624866_2323979264170493302_n.jpg

    कडा मेहनत र लगनशीलताले जिल्ला, प्रदेश हुदै केन्द्र सम्म पुगेका उनी सानैदेखि फुटबल प्रेमी थिए । बस्याल लगनशील, मेहनती र होनहार खेलाडीका रुपमा अहिले जिल्लामा चिनिन्छन ।

    उनी तेस्रोपटक सि डिभिजन लिग खेल्दै छन । सानो बगर देखि एन्फा हुँदै राष्ट्रिय स्तरको  शहिद स्मारक ‘सी’ डिभिजन लिग उनको लागि ठुलो उपलब्धि हो । उनि अहिले सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा खेलखेलि रहेका छन ।

    285509477_518019846689505_8192813842367355750_n.jpg

    शनिवार, जेठ २१ २०७९११:१७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend