Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा व्यवस्थित खेल मैदान नहुदा खेलाडीलाई सास्ती 

पैयूँमा व्यवस्थित खेल मैदान नहुदा खेलाडीलाई सास्ती 

  • PNN Times
  • सोमवार, श्रावण १६ २०७९


  • पैयूँमा व्यवस्थित खेल मैदान नहुदा खेलाडीलाई सास्ती 
    क्रिस भुर्तेल
    श्रावण १६, पर्वत । पर्वतको पैयूँमा व्यवस्थित खेल मैदान नहुदा खेलाडिलाई समस्या परेको छ । गाउँपालिकाको आफ्नै खेल मैदान नहुदा अहिले पैयूँमा खेलाडीलाई समस्या परेको हो ।
     
    पैयूँ गाउँपालिकाले व्यवस्थीत खेल मैदान बनाइदिएको भए आफुहरुलाई फुटबल खेल्न सहज हुने फुटबल प्रशिक्षक अर्जुन बस्यालले बताउनु भयो ।  उहाले  पटक पटक अघिल्लो सरकार संचालनमा रहेका नेतृत्वलाई अनुरोध गर्दा पनि उनिहरुले कुनै सुनुवाइ नगरेको बताउनु भयो । 
    khel 1.jpg
     
    अहिले खेल खेलिरहेको खेल मैदान व्याक्तिको नाममा रहेको र पालिकाको केही सार्वजनि जमिन हुदा पनि पालिकाले त्यसलाई संरक्षण गर्न नसकेको गुनासो बस्यालले गर्नु भएको छ । पालिकाको सार्वजनिक जग्गा हुँदा हुदै व्यक्तिको जग्गामा खेल खेल्न बाध्य भएको र सोही मैदानबाट जिल्ला, प्रदेश हुदै राष्ट्रिय स्तर सम्मका खेलाडी उत्पादन गरेका बस्यालले बताउनु भयो । 
     
    पैयूँका युवा राष्ट्रिय स्तरमा खेल खेल्न जादा समेत स्थानिय सरकरले नहेरेको उहाँको भनाई छ । बस्यालले अहिलेसम्म कुनै पारिश्रमिक नलिई करिब ९० जना खेलाडीहरूलाई खेल सिकाई रहेका छन । उनिहरुले अहिले गाउँपालिकामा युवाको टिम रहेको कारण आफुहरुलाई सहयोग हुने अपेक्षा रहेको बताएका छन । 

    सोमवार, श्रावण १६ २०७९०१:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend