Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेतृत्वले चिन्न नसकेको वालिङ खेलमैदान

नेतृत्वले चिन्न नसकेको वालिङ खेलमैदान

  • गोपाल जिटी
  • शुक्रवार, भाद्र १० २०७९


  • नेतृत्वले चिन्न नसकेको वालिङ खेलमैदान

    भदौ १०, वालिङ ।स्याङ्जाको वालिङ खेलमैदानमा प्रायजसो विहानको समयमा स—साना बालबालिकाहरु फुटबलमा रमाउने गर्दछन् । ग्रामीणभेगमा भलिबल र बजार तथा समथरक्षेत्रमा फुटबल तथा क्रिकेट खेल्ने गरिन्छ । नेपाल एकिकरणका समयदेखि नै नेपालीहरु कला कौशल एवम् विभिन्न प्रतिभा देखाएर विश्व सामु चिनारी दिदै आएको इतिहास छ । भौगोलिक हिसाबले सानो भएपनि नेपालको हावापानी, प्राकृतिक सम्पदा र नेपालीहरुको दक्षता उल्लेखनीय रहेको छ ।खेलकुदका क्षेत्रमा पनि नेपालीहरु सक्षम छन् भन्ने उनीहरुका प्रदर्शनले सावित गर्दै आएको छ । विश्व चर्चा र लोकप्रिय फुटबल खेलले नेपाली खेलाडीहरुलाई आकर्षित गर्दै आएको धेरैलाई थाह छ । फुटबल खेलका माध्यमबाट खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आप्mनो पहिचान बनाइसकेका छन् ।

    received_438389574439880.jpegफुटबलका क्षेत्रमा स्याङ्जा जिल्लाका खेलाडीहरुको दक्षता र उपस्थिति सम्मानजनक रहेको छ । विभिन्न उमेर समूहदेखि सिनियर टीममा छनौट भएर स्याङ्जाका खेलाडीहरुले राष्ट्रको लागि योगदान दिन सफल छन् । जिल्ला सदरमुकाम स्याङ्जा, वालिङ, गल्याङ र चापाकोट बढिमात्रामा फुटबल खेलिनेक्षेत्र हुन् । विश्वमा फुटबलको क्रेजबढेसँगै यहाँका खेलपे्रमी युवाहरु आकर्षित हुँदै आएको इतिहास छ । भूगोलले दिएर पनि अहिलेसम्म रङ्गशाला नै त के भनौं खेलाडीहरुका लागि खेलमैदान व्यवस्थापन हुन नसक्नु दुःखको कुरा छ । असहज खेलमैदानका वावजुद पनि स्याङ्जेली फुटबलरहरुले आँपूmलाई अगाडि बढाइ रहेका छन् । आज देशका विभिन्न जिल्लामा रङ्शाला बनिरहँदा स्याङ्जाका खेलाडीहरुले अरुको हेरेरै चित्त बुझाउनु परेको छ । खेलमैदान बन्न नसक्नुमा सम्बन्धित निकाय र नेतृत्वले चासोका साथ नलिनु नै मुख्य कारण रहेको स्पष्टै छ ।खेलाडीहरुले व्यक्तिगतरुपमा केहि मागेका छैनन्, मागेका छन् त सुविधायुक्त खेलमैदान ।

    images

    FB_IMG_1661426292902.jpg
    आप्mना खेलाडीले राम्रो गरेकामा गर्व गर्ने नेतृत्वले उनीहरुका लागि खेलमैदान दिन सकिरहेका छैनन् । व्यवस्था फेरिए पनि अवस्था फेरिन नसक्दा खेलाडीहरुले आफ्नो प्रतिभालाई अग्रगामी विकास गर्न पाएका छैनन् ।
    स्याङ्जा जिल्लाकै केन्द्रमा रहेको वालिङले असहज खेलमैदानका वावजुद पनि खेलाडी उत्पादनमा नेतृत्व गरिरहेको छ । अहिलेसम्म जिल्लाबाट नेतृत्व गर्ने जतिपनि फुटबलरहरु छन्, सबै वालिङक्षेत्रकै छन् । मुख्य बजारको पछाडि आधिखोलाको छेउमा रहेको वालिङ खेलमैदानले नै ती खेलाडी उत्पादन गरेकोमा दुइमत छैन ।
    एक वडा एक खेल मैदानको नारा दिंदै आएको वालिङ नगरपालिकाले भएको यही एउटा खेल मैदानलाई पनि व्यवस्थित गर्न सकेको छैन । वालिङ खेलमैदानलाई खेलाडीले चिने पनि नेतृत्वले चिन्न नसक्दा व्यवस्थित हुन नसकेको एन्फा स्याङ्जाका प्रशिक्षक दिलीप थापाले बताउनुहुन्छ ।
    स्थानीय नेतृत्वले चासो नदिएकै कारण खेलमैदान व्यवस्थित हुन नसकेको एन्फा स्याङ्जाका प्रशिक्षक थापाको जिकिर छ । वालिङखेलमैदान यस क्षेत्रका मात्र नभएर समग्र जिल्लाकै खेलप्रेमीहरुको भरोसाको केन्द्र हो ।

    received_416938893475185.jpeg
    किशोर किशोरीहरु दैनिकजसो धुलोमाटोसँग फुटबल अभ्यास गरिरहेका हुन्छन् । प्रशिक्षकले पनि त्यही धुलो र बालौटोमै उनिहरुलाई तालीम गराउन वाद्य छन् ।नेपाली फुटबलका विभिन्न उमेर समूहदेखि सिनियर टीममा वालिङ क्षेत्रका खेलाडी छनौटमा पर्ने गरेका छन् । यसको श्रेय यही खेलमैदानलाई जानेमा दुइमत छैन ।
    यी हुन् वालिङ खेलमैदानले उत्पादन गरेका गर्व गर्न लायक फुटबल खेलाडीः
    नेपालका सिनियर टीममा पुरुष तर्फः सुवास गुरुङ र राजन गुरुङ ( गौरव )
    महिला तर्फः सजिना राना मगर (क्याप्टेन)
    यसैगरी विभिन्न उमेर समूहका खेलाडीहरुः
    गोपाल थापा (U-19 ), लक्ष्मण रुचाल (U-23) ,
    सुरज हमाल (U-18),   विश्वास श्रेष्ठ (U-23), 
    सोम बहादुर मल्ल (राष्ट्रिय टीम), क्षितीजराज जिटी (U-17) ,
    टीकाराज गुरुङ  (U-18), विशाल विक (U-12)  र स्वर्गीय सागर परियार (U-14)
    महिला तर्फः
    रिना वानु (U-15), अस्मिता रनपाल (U-15)  ,
    सुष्मा जिटी (U-15)  ,पुष्पा गुरुङ (U-16),
    सरु हमाल (U-16), मनमायाँ दमई(U-18),
    सरिष्मा थापा(U-18),  सावित्री किसान (U-19 ),   र सरस्वती हमाल (रेनुका) (U-19 )

    ए डिभिजन लिगका व्यावसायिक खेलाडीहरुमाः

    राजाबाबु थापा, अजय विक, कृष्ण कुँवर, सञ्जु राना, विश्व थापा र सितल शाही

    खेलमैदानको राम्रो व्यवस्थापन हुन सके यस्ता धेरै खेलाडी उत्पादन हुनुका साथै राष्ट्रका नाममा थप योगदान दिन सफल हुने प्रशिक्षक थापाको विश्वास छ । यदि अन्य ठाउँमा झैं यहाँ पनि राम्रो मैदानमा तालीम गराउन पाउने हो भने हाम्रा अधिकांश खेलाडीहरु सिनियर टीमको नेतृत्वमा पुग्नसक्ने उहाँको दावी छ ।खेलप्रेमी युवाहरुको समस्या बुझिदिन नेतृत्वमा रहेका व्यक्ति र सम्बन्धित निकायलाई प्रशिक्षक थापाको आग्रह छ ।

    शुक्रवार, भाद्र १० २०७९१०:२८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend