Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जाको वालिङमा मिनी रङ्गशाला बन्ने

स्याङ्जाको वालिङमा मिनी रङ्गशाला बन्ने

  • PNN Times
  • मंगलवार, भाद्र १४ २०७९


  • स्याङ्जाको वालिङमा  मिनी रङ्गशाला बन्ने

    मणी अर्याल

    भदौ १४, स्याङ्जा । स्याङ्जाको वालिङमा  मिनी रङ्गशाला बन्ने भएको छ ।  वालिङस्थित खेलमैदानलाई मिनी रङ्गशालाकारुपमा विकास गरिने भएको हो । 
    खेलमैदानलाई नगरपालिकाको स्वामित्वमा रहनेगरी अबको ५ वर्षमा मिनी रङ्गशालाकारुपमा विकास गर्ने लक्ष्यसहित योजना बनाएर लागेको वालिङ नगर प्रमुख कृष्ण खाँडले बताउनुभयो । 
    अहिले भैरहेको खेलमैदान स्थानीय पूर्णामृत भवानी मावि, वालिङ बहुमुखी क्याम्पस र केहि व्यक्तिहरुको नाममा रहेको जग्गामा छ । काम चलाउकारुपमा रहेको खेलमैदानलाई जग्गा थपगरी व्यवस्थित गर्न नगरपालिका जुटेको छ । अहिले व्यक्तिहरुका नाममा रहेको करिव ५ रोपनी जग्गा थपेर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख खाँडले जानकारी गराउनुभयो । शैक्षिक संस्था तथा व्यक्तिहरुसँग छलफल गरी योजनाकासाथ अगाडि बढेको उहाँको भनाई छ । 
    आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । यस अन्तर्गत राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङमा सञ्चालन गरिने र त्यसका लागि खेलमैदान व्यवस्थापनमा नगरपालिका लागेको छ । 
    काम चलाउ खेलमैदानका वावजुद पनि यहाँका धेरैजना फुटबल खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल छन् । स्याङ्जा जिल्लाबाट नेपाली फुटबलका विभिन्न उमेर समूहदेखि सिनियर टीमसम्म पनि यही क्षेत्रका खेलाडी छनौटमा पर्ने गरेका छन् । यसको श्रेय यही खेलमैदानलाई जानेमा दुइमत छैन । 
    ढिलै भएपनि रङ्गशाला निर्माणका लागि नगरपालिकाले योजना बनाएकोमा  फुटबलर लक्ष्मण रुचालले खुसी व्यक्त गर्नुभयो ।

    images

    मंगलवार, भाद्र १४ २०७९१०:३१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend