Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ खेलमैदानको तयारी तीब्र

वालिङ खेलमैदानको तयारी तीब्र

  • गोपाल जिटी
  • बुधवार, आश्विन १२ २०७९


  • वालिङ खेलमैदानको तयारी तीब्र

    असोज १२,वालिङ । स्याङ्जाको वालिङमा खेलमैदानको तयारी तीब्रगतिमा अगाडि बढाइएको छ ।यही महिनाको २८ देखि कार्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलमैदानको तयारी तीब्रगतिमा अगाडि बढाइएको हो । गण्डकी प्रदेशको पोखरामा हुने प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला फुटबल वालिङमा सञ्चालन गरिने भएको हो । खेलमैदान सम्याएर अहिले दुवो विछ्याउने काम भैरहेको छ । 
    दुवो छ्यिाउने कामका लागि वालिङ नगर प्रमुखसहित खेलाडी, सशस्त्र प्रहरीको टोली तथा स्थानीय युवाहरु विहानैदेखि खटिएर लाग्ने गरेका छन् ।मैदानमा विछ्याउने दुवोलाई मात्रै करिव ४५ लाख लाग्ने वालिङ नगर प्रमुख  कृष्ण खाँडले बताउनुभयो । वालिङवासी युवाहरुको चाहना र आवस्यकतालाई आत्मसाथ गर्दै जति खर्च लागेपनि यो खेलमैदान निर्माण गर्नुपर्छ भनेर नगरपालिका लागेको नगर प्रमुख खाँडले बताउनुभयो । यसका लागि स्थानीय व्यक्ति विशेषका साथै सबैको साथ र सहयोग रहेको छ । वालिङ नगरपाकिासँगै जिल्लाका अन्य पालिकाहरुको पनि यो खेलमैदान निर्माणका लागि सहयोग रहेको उहाँले व्यक्त गर्नुभयो ।यसका साथै सबै तयारी गर्दा करिव १ करोड खर्च लाग्ने नगर प्रमुख खाँडले उल्लेख गर्नुभयो । 
    नगरपालिकाले महत्वकासाथ लिएका पाँच सात वटा कामहरु मध्ये खेलमैदान पहिलो प्राथमिकता पारेको उहाँले बताउनुभयो । अहिले नपुग जग्गा व्यक्ति तथा संघ संस्थाहरुसँग भाडामा लिएर काम गरिएको छ, यसलाई स्थायीरुप दिनका लागि सबै सकारात्मक रहेकोसमेत उहाँले जानकारी गराउनुभयो ।अबको १५ दिनमा राष्ट्रिय महिला फुटबल वालिङमा सञ्चालन गर्नका लागि तयारीमा जुटेको प्रदेश खेलकुद परीषद गण्डकीका बोर्ड सदस्य गिरमान गुरुङले बताउनुभयो । उहाँले राष्ट्रिय महिला फुटबल प्रतियोगिता वालिङमा ल्याउनका लागि वालिङ नगरपालिकाको विशेष भूमिका रहेको उल्लेख गर्नुभयो । यसका साथै प्रदेश तथा राष्ट्रिय खेलकुद परीषदको पनि महत्वपूर्ण भूमिका रहेको बोर्ड सदस्य गुरुङले उल्लेख गर्नुभयो । खेलमैदानको स्तरोन्नतिसँगै झण्डै ४० वर्षको अन्तरालमा राष्ट्रियस्तरको फुटवल प्रतियोगिता सञ्चालन गर्ने अवसर वालिङमा जुटेको हो । यो अवसरबाट वालिङवासी खेलाडी तथा खेलप्रमी सबैलाई उत्साही बनाएको छ । 
    यसका साथै आगामी ५ वर्षसम्म मिनी रङ्गशालाकोरुपमा विकास गर्ने गरी नगरपालिकाले लागिपरेको छ ।

    बुधवार, आश्विन १२ २०७९०८:२४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend