Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु, पुलिसको ह्याट्रिक

वालिङमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु, पुलिसको ह्याट्रिक

  • PNN Times
  • बिहिवार, आश्विन २७ २०७९


  • वालिङमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु, पुलिसको ह्याट्रिक

    स्याङ्जाको वालिङमा विहिबारदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङ खेलमैदानमा महिला फुटबल प्रतियोगिता सुरु गरिएको हो । 


    जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीे र वालिङ नगर प्रमुख कष्ण खाँडले खेलाडीहरुलाई बल प्रदान गरेर खेलको सुरु गरिएको हो।
    समय अपुग हुने भन्दै तोकिएको मिति अगावै प्रतियोगिताका कार्यक्रम सुरु गरिएको आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । 
    २८ गते शुक्रबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेशको पोखरामा औपचारिक समुद्घाटन हुने छ । 
    विहिबार भएको खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले महिला फुटबलमा विजयी सुरुवात गरेको छ । समूह “ए” मा रहेको पुलीसले बाग्मती प्रदेशलाई ५–० गोल अन्तरले पराजितगर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो ।  

    images


    खेलको १७औ मिनेटमा निरु थापाको गोलबाट अग्रता लिएको पुलिसले एक मिनेटको अन्तरमा दोस्रो गोल गरेको थियो । मैदानको मध्य भागबाट रेखा पौडेलले एक्लै लगेको बल गोलमा परिणत भएको थियो । 
    यसैगरी २१ औ मिनटमा पौडेलले नै ब्यक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरिन् । खेलको २३ औ मिनेटमा पौडेलले ह्याट्रिक पूरा गरिन् । पौडेलले समिक्षा घिमिरेबाट पाएको पासलाई गोलमा परिणत गरेकी थिईन् । खेलको पूवार्धको ४२ औं मिनेटमा निरु थापाले गोलगर्दै टिमलाई पाँचगोलको अग्रता दिलाइन् । पाचँगोलले पछाडि परेको बाग्मतीले उत्तरार्धमा पुनरागमन गर्ने प्रयास गरेपनि गोल गर्न सकेन । 


    IMG_8013.jpg

    वाग्मतीका गोलकिपर सजना माझी पूर्वार्धको इन्जुरी समयमा घाइते हुँदा झराना नगरकोटीलाई गोलकिपर बनाएर मैदानमा उतारेको थियो । प्रतियोगिताको दोस्रो खेलमा विभागीय नेपाल आर्मीले जीत निकालेको छ । दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो । खेलको ९ औ मिनेटमा इन्दिरा राइको गोलबाट आर्मीले खेलमा अग्रता लिएको थियो ।

    इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै इन्दिराले दोस्रो गोल थपिन् । पहिलो हाफमा दुई गोलले अगाडि रहेको आर्मीलाई खेलको ५२ औ मिनेटमा चन्द्रा भण्डारीले गोल गरेकी थिईन् । यसैगरी खेलको ५५ औ मिनेटमा चन्द्रा भण्डारीको पासमा कुस्मा खतिवडाले गोल गरिन् । चौथो गोलको दुई मिनेटमै अमिसा कार्कीले मैदानको मध्य भागबाट एक्लै किपरलाई विट गर्दै गोल गरिन् । इन्दिरा राईको ठाउँमा ६७ औं मिनेटमा मैदान प्रवेश गरेकी हिमा चौधरी उत्तरार्धको इन्जुरी समयको एक मिनेटमै गोल गर्न सफल भईन् ।


    यस्तै २८ गते शुक्रबार तीनखेल हुने जिल्ला खेलकुद समितिका अध्यक्ष गीरीबहादुर गुरुङ (मोहन)ले जानकारी गराउनुभयो । 
    शुक्रबार विहान ९ बजे पहिलो खेल एपिएफ र प्रदेश नंवर १ का बीच हुनेछ । यसैगरी दोस्रो खेल दिउसो १२ः ३० बजे गण्डकी र कर्णाली प्रदेश र तेस्रोखेल ३ः ३० बजे सुदुर पश्चिम र मधेश प्रदेशका बीच हुने आयोजकले जनाएको छ । 

    बिहिवार, आश्विन २७ २०७९०८:०५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend