Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रिय महिला फुटबल, मङ्गलबार सेमिफाइनलका खेल हुने 

राष्ट्रिय महिला फुटबल, मङ्गलबार सेमिफाइनलका खेल हुने 

  • गोपाल जिटी
  • सोमवार, आश्विन ३१ २०७९


  • राष्ट्रिय महिला फुटबल, मङ्गलबार सेमिफाइनलका खेल हुने 

    असोज ३१,वालिङ । स्याङ्जाको वालिङमा जारी राष्ट्रिय महिला फुटवल प्रतियोगितामा सोमबारको खेलमा विभागीय क्लव एपिएफ र प्रदेश १ विजयी भएका छन् ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङ खेलमैदानमा जारी राष्ट्रिय महिला फुटवलमा सोमबार दुई खेल भएका हुन् । 
    विभागीय क्लव एपिएफले गण्डकीलाई ५—० ले विजयी भएको हो । एपिएफका लागि खेल सुरु भएको २ मिनेटमा रञ्जना दर्जीले पहिलो गोल गरिन् । यसपछि गण्डकीले फ्रिकिक मार्फत गोलपोष्ट नाघेर बल बाहिरिएसँगै जवाफी गोल गर्ने प्रयास असफल भयो । 
    यस्तै ६ मिनेटको समयमा एपिएफकि अनिता केसीले गोललाई दोव्वर पारिन् । यसपछि गण्डकीका लागि १३ औं मिनेटमा मनमाया दमैको फ्रिकिकको बल पनि गोलपोष्टको दायाँभागबाट बाहिरियो । योसँगै गण्डकीले गोल गर्ने पटक पटकको प्रयास सफल हुन सकेन । यस्तै सरु लिम्वुले ३७ औं मिनेटमा गरेको गोलसहित एपिएफले पहिलो हाफमा ३—० को अग्रता बनायो ।
    खेलको दोस्रो हाफमा एपिएफकि रञ्जना दर्जीले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् । यसपछि अनिता बस्नेतले ४३ औं मिनेटमा गरेको गोलसहित एपिएफले गण्डकीलाई शुन्यका विरुद्ध पाँच गोल गर्दै विजयी यात्रामा निरन्तरता कायम गरेको हो । खेलकोे ४४ औं मिनेटमा उदया थापाको प्रयासले पनि जाली चुम्न नसक्दा गण्डकीले एपिएफसँगको खेलमा गोल विहिन हार बेहोर्नुप¥यो ।
    गण्डकीलाई हराएसँगै एपिएफ ९ अङ्क सहित शिर्स स्थानमा रहेको छ । प्रतियोगितामा सहभागी लुम्विनी, वाग्मती र सुदूर पश्चिम प्रदेश यस अघि नै बाहिरिएका हुन् भने गण्डकी प्रदेशको लागि पनि यस अगाडिको यात्रा सकिएको छ । यसैगरी पदेश १ ले सोमबारको खेलमा कर्णालीलाई शुन्यका विरुद्ध ६ गोल गर्दै विजयी भएको हो । पदेश १ को जीतका लागि अनिता गुरुङ र प्रतिक्षा राईले पहिलो हाफमा समान १÷१ गोल गरे । यस्तै दोस्रो हाफमा अन्जना थुलुङ राईले २ र तीर्थाकुमारी लिम्वु र ममता राउतले समान १÷१ गोलसहित चार गोलको योगदान गरे । यो जीतसँगै पदेश १ ले सेमिफाइनलको यात्रा पक्का गरेको छ ।विभागीय क्लवहरु एपिएफ ९, आर्मी ६, पुलिस ६ र प्रदेश १ को ४ अङ्कभार सहित ४ टीमले सेमि फाइनल र फाइनलका लागि यात्रा तय गरेका छन् ।
    मंगलबार पहिलो खेल नेपाल पुलिस क्लब र प्रदेश १ बीच हुने छ भने दोस्रो खेल त्रिभुवनआर्मी र एपिएफ क्लबकाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

    सोमवार, आश्विन ३१ २०७९०७:१२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend